बैशाख २६ काठमाडौं ।इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।आइतबार राति भएको खेलमा सिटीले न्युकासललाई ५-० गोल अन्तरले हराएको हो ।सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई गोल गरे ।
घरेलु मैदानमा स्ट्रर्लिङले १९ औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।खेलको ३८ औं मिनेटमा एम्रिक लापोर्टले गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाए ।खेलको ६१ औं मिनेटमा रोड्रीले गोल गरेपछि सिटीको अग्रता तेब्बर बन्यो ।९० औं मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटीको अग्रता ४-० ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए ।जितसँगै सिटी शीर्ष स्थानमा उक्लिएको छ ।सिटीले ३५ खेलमा ८६ अंक जोडेको छ ।न्युकासल ४३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
तपाईको प्रतिक्रिया


