• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ५. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ६. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ७. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ८. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ९. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • १०. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

हिरो बन्न आएका ध्रुव न्यौपाने निर्माता बनेपछि

  •   बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित

काठमाडौं ,बैशाख १७
हेटौंडाका ध्रुव न्यौपानेलाई ‘हिरो बन्नपर्छ, मौका परे कुनै दिन’ भन्ने सोच कसरी आयो, उनलाई थाहा छैन। कसरी आयो भन्ने थाहा नभए पनि ठूलो हुँदै जाँदा ‘कलाकार बन्छु’ भन्ने रहर झाँगिँदै गयो। रहर त थियो, तर आफूभित्र कस्तो कलाकार छ भन्ने उनले सोचेकै थिएनन्। उनीसँग रहर त थियो, तर त्यो रहर भेटिने गन्तव्यको बाटो भने थाहा थिएन।

कसैको सहारा लिएर अघि बढ्न पनि कोही चिनेको मानिस थिएनन्। ‘रहर त सबैको कहाँ पूरा हुन्छ र? रहर लाग्नु र त्यसअनुसार पाउनु फरक कुरा हो,’ उनले बाल्यकालको रहर सम्झिए। तर उनले त्यो रहरलाई मनको कुनामा थन्काएर पैसा कमाउन थाले। परिस्थितिले उनलाई हेटौंडाबाट काठमाडौं ल्यायो। नयाँ बानेश्वरमा उनले रोजमेरी क्याफे खोलेर रेस्टुरेन्ट व्यवसाय सुरु गरे। प्राइम लोकेसनको क्याफे भएकाले कलाकार र फिल्मकर्मीहरू आउँथे। त्यहीँबाट चिनजान बढ्दै गयो। ‘चिनजान भएपछि कुराकानी हुन थाल्यो। फिल्मकर्मीहरूले नै “तपाईंजस्तो मान्छेले रंगिन दुनियाँमा आउनुपर्छ” भनेर उत्साह दिनुभयो,’ उनले सुनाए। त्यही उत्साहले कलाकार बन्ने पुरानै रहर फेरि जाग्यो।

उनले म्युजिक भिडियोबाट काम सुरु गरे। ‘झन्डै ५० वटा जति म्युजिक भिडियो गरेँ होला,’ उनी भन्छन्। त्यही क्रममा उनले ठूलो पर्दाको मौका पाए। तबसम्म नेपाली फिल्म उद्योगका मानिसहरूसँग उनको राम्रो सम्बन्ध भइसकेको थियो। यही सम्बन्धका आधारमा उनले ‘प्लान’ नामक फिल्ममा ब्रेक पाए। त्यसपछि ‘सन्त्रास’, ‘क्राइम’, ‘द क्राइम’, ‘पायल’जस्ता आधा दर्जन फिल्ममा अभिनय गरे। व्यावसायिक पृष्ठभूमिबाट आएकाले पैसा खर्च गरेर अभिनय गर्‍यो त? भन्ने प्रश्नमा उनी भन्छन्, ‘कुनै फिल्ममा पैसा हालेर खेलेको होइन, बरु कतिपयमा सित्तैमा काम गरें।’ त्यसैबेलामा कोभिड महामारी सुरु भयो। धेरै रहर भएर पनि अभिनयको यात्रा खासै अघि बढेन। त्यसैले उनी फिल्म क्षेत्रमा मेकरका रूपमा टिकिरहन चाहे। ‘कलाकार भन्दा पनि निर्माता बन्ने योजना बनाएँ। मेरो रहर पूरा गरेँ जस्तो लाग्यो।

म व्यवसायीक दृष्टिकोणले अघि बढ्न चाहन्छु,’ उनी भन्छन्। अभिनयबाट अपेक्षित परिणाम नआएपछि उनले निर्माणमा हात हाले। ‘धुर्वतारा फिल्म्स’को ब्यानरमा उनले ‘हिरो रिटर्न्स’ बनाए। तर कोरोना महामारीले असर पार्‍यो, फिल्म फ्लप भयो। ‘किन ढाँट्नु, फिल्म चलेन। तर व्यापार यस्तो हो— कुन फिल्म कहिले चल्छ भन्न सकिँदैन। आफूले राम्रो हो भन्ने लागेकै फिल्म बनाउने हो,’ उनी भन्छन्। ध्रुव असफलताबाट डराउँदैनन्। विभिन्न व्यवसायमा सक्रिय उनी सफलताको खोजीमा निरन्तर लागिरहन्छन्। ‘म एउटा हारले थच्चिने मान्छे होइन।

‘मायावी’बाट फेरि निर्माता बनेँ। दुर्भाग्यवश त्यो पनि चलेन। तर त्यसलाई स्वीकार्दै ‘नरसिंहा अवतार’ लिएर दर्शकमाझ आउँदैछु,’ उनी भन्छन्। उनी फिल्मले राम्रो गर्छ भन्नेमा ढुक्क छन्। ‘म निर्माता मात्रै होइन, मेरो फिल्म करियरको दोस्रो इनिङमा राम्रो प्रोडक्सन हाउस सञ्चालन गर्ने योजना पनि लिएर आएको छु। लाइट ल्याइसकेको छु, क्यामरा आउँदैछन्,’ उनी भन्छन्। फुल कन्फिडेन्सका साथ उनी भन्छन्, ‘धुर्वतारा फिल्म्स’ले हरेक वर्ष कम्तिमा एउटा फिल्म बनाउनेछ।’ ‘चेतना कन्स्ट्रक्सन’ नामक ‘क’ वर्गको निर्माण कम्पनी र होटल मुनस्टारमा सह-लगानीकर्तासमेत रहेका उनीसँग यस्तो आत्मविश्वास हुनु अस्वाभाविक होइन। ध्रुवको फिल्म निर्माण यात्राले यसपटक लामो रेसको घोडा बन्ने देखिन्छ। भन्छन्— ‘कोशिश गर्न छोड्दिन।’

बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ५.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ६.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.