• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ५. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ६. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ७. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ८. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ९. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • १०. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

चलचित्र ‘शिवांश’ निर्माणको घोषणा

  •   बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित

काठमाडौं ,बैशाख १७
नेपाली चलचित्र ‘शिवांश’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माणपक्षले बुधबार फस्टलुक सार्वजनिक गर्दै ‘शिवाशं: च्याप्टर १’ निर्माणको घोषणा गरेको हो ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो चलचित्रको निर्देशन सन्तोष कुमार आत्रेयले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो ।

चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिनेछन् भने विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायत कलाकारहरूको पनि अभिनय रहनेछ ।

चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन्, जो यसका निर्माता पनि हुन् । सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। पटकथा भने बारत लिम्बुले तयार पारेका छन् ।

सार्वजनिक पोस्टरमा प्रमुख कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा देखिएका छन् । अनुहारको आधा भाग मात्र देखिएको उक्त दृश्यमा उनी विरोधीको नियन्त्रणमा परेका छन् भन्ने आभास हुन्छ । पोस्टरमा एक व्यक्तिको अगाडि सिंगो गाउँमा आगो लागेको दृश्य देखिन्छ, जसले चलचित्र शक्ति संघर्षमा आधारित रहेको संकेत गर्दछ । तर कथावस्तुबारे निर्माणपक्षले थप विवरण सार्वजनिक गरेको छैन ।

चलचित्रमा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहनेछ । गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतीक छन् । स्वर राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहनेछ ।

यो चलचित्रमा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन हुनेछ भने नृत्य निर्देशन विक्रम चोहानले गर्नेछन् । सिनेमाटोग्राफी सरद महतोको रहने चलचित्रको मुख्य सहायक निर्देशक बारत लिम्बुको हुन् । स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारती, कार्यकारी निर्माता सम्भू थापा छन् ।

विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको चलचित्रमा आदेश सुब्बा भीएफएक्स प्रोड्युसरको भूमिकामा रहनेछन् । कस्ट्युम कमल मिश्रले तयार गर्नेछन् भने मेकअप आर्टिस्ट (एमयूए) तुलसा लिम्बू हुनेछिन् ।

पोस्टर फोटोग्राफी युवाहाङ राईले गरेका हुन् भने आर्ट डिरेक्टर तथा प्रोडक्सन डिजाइनर प्रतीक चौधरी रहेका छन् । प्रोडक्सन म्यानेजरको रूपमा मिलन मानन्धर रहनेछन् ।

‘शिवांश: च्याप्टर १’ आउँदो असोज २४ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको पोस्ट–प्रोडक्सन कार्य चलचित्र चौतारीले गर्नेछ भने वितरणको जिम्मा डिजिटल सिनेमा नेपाल (डीसीएन)ले लिएको छ।

बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ५.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ६.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.