काठमाडौं, २३ वैशाख
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माननीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल सरकारका माननीय अर्थमन्त्री विष्णु पौडेलबीच आज अध्यक्ष निवास खुमलटारमा भेटघाट भएको छ।
आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गर्नुभएको छ।भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल भएको बताइएको छ ।
बजेट निर्माणको तयारीमा जुटेका अर्थमन्त्री पौडेल पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श लिइरहेका छन् ।
तपाईको प्रतिक्रिया


