वैशाख २७, काठमाडाैं ।इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सोमबार राति भएको खेलमा कोलकत्ताले मुम्बई इण्डियन्सलाई ५२ रनले हराएको छ । कोलकत्ताले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनाउन सक्यो ।
मुम्बईका इशान किशनले ५१ रनको अर्धशतकीय इनिङ खेले । टिम डाभिडले १३ तथा रमनदिप सिंहले १२ रन बनाए।केइरन पोलार्डले १५ रन जोडे । कोलकत्ताका प्याट कमिन्सले ३ तथा आन्द्रे रसेलले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर ९ विकेट गुमाएर १ सय ६५ रन जोडेको थियो ।कोलकत्ताका लागि नितिश राना र भेन्काटेस एयरले समान ४३ /४३ रन जोडे । अजिन्का रहानेले २५ तथा रिन्कु सिंहले अविजित २३ रन बनाए ।मुम्बईका जस्प्रित बुम्राहले ५ तथा कुमार कार्तिकेयाले २ विकेट लिए ।
जितसँगै कोलकत्ताले १२ खेल १० अंक जोडेको छ ।कोलकत्ता सातौं स्थान रहेको छ ।मुम्बई ११ खेलमा ४ अंक जोडेर पुछारमा रहेको छ ।


