• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

ओस्कर मनोनीत निर्देशक एरिक भ्यालीले गरे ‘ऊनको स्वीटर’को प्रशंसा

  •   सोमबार, जेठ १२, २०८२ मा प्रकाशित

काठमाडौं – प्रसिद्ध फ्रेन्च फोटोग्राफर तथा निर्देशक एरिक भ्यालीले हालै नेपाल भ्रमणका क्रममा हेरेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रति विशेष प्रतिक्रिया दिएका छन् । उनले यस चलचित्रलाई नेपाली समाज र संस्कृतिको संवेदनशील र सशक्त प्रस्तुतिका रूपमा व्याख्या गरेका छन् ।

एरिक भ्यालीले भने, “म नेपाली चलचित्रको प्रगति हेरेर अत्यन्तै खुसी छु । मैले भर्खरै हेरेको चलचित्र ‘ऊनको स्वीटर’ ले परिवारको भित्री भावनासँगै संस्कृतिको कथा सुन्दर रूपमा भन्ने प्रयास गरेको छ । मैले धेरै नेपाली चलचित्रका स्क्रिप्टमा कमजोरी देख्ने गरेको थिएँ तर यस चलचित्रमा त्यो पाइनँ । यो निकै संवेदनशील र सुन्दर तरिकाले लेखिएको चलचित्र हो। । यसमा दृश्यांकनदेखि कलाकारको अभिनयसम्म सबै पक्ष प्रशंसनीय छन् ।”

भ्यालीले ‘ऊनको स्वीटर’ जस्ता चलचित्रमार्फत नेपाली सिनेमा अब नयाँ दृष्टिकोण र गहिरो विषयवस्तुमा प्रवेश गरिरहेको बताएका छन् । उनले भने, “नेपालका नयाँ फिल्ममेकरहरू अबको नेपाली सिनेमाका प्रमुख आशा हुन् । ‘ऊनको स्वीटर’ जस्तै चलचित्रले यही सम्भावनालाई पुष्टि गर्छ ।”

निर्देशक नवीन चौहानद्वारा निर्देशित ‘ऊनको स्वीटर’ पछिल्लो समय नेपाली सिनेमा बजारमा सफलताको शिखर चुमिरहेको चलचित्र हो । विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलजस्ता कलाकारको अभिनयले चलचित्रलाई जीवन्त बनाएको छ ।

दर्शकहरूले कलाकारको दमदार अभिनय, यथार्थपरक संवाद शैली, र प्रभावशाली निर्देशनलाई चलचित्रको प्रमुख विशेषता मानेका छन् । सामाजिक सञ्जालमा स्वतन्त्र समीक्षकहरूबाट पनि चलचित्रले सकारात्मक चर्चा पाइरहेको छ । निर्माता संस्था आर्टमाण्डूले चलचित्रले प्रदर्शनको दुई हप्तामा मात्र ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जनाएको छ, जुन हालसम्म निकै माथि पुगेको अनुमान गरिएको छ ।

एरिक भ्याली : नेपालको सांस्कृतिक अध्ययनमा समर्पित नाम

एरिक भ्याली एक जना यस्ता विदेशी स्रष्टा हुन्, जसले नेपाललाई आफ्नो दोस्रो घरजस्तै मानेका छन् । १८ वर्षको उमेरमा अफगानिस्तान भ्रमणका क्रममा भिसा सकिएपछि भारत हुँदै नेपाल आएका उनी नेपालका अरुण, तमोर, डोल्पा, बझाङ र बाजुराजस्ता दुर्गम क्षेत्रको गहिरो अध्ययनमा लागे । नेपाली भाषा सिक्दै उनले यहाँको जीवनशैली, स्थानीय परम्परा र सांस्कृतिक विविधतालाई बुझ्ने प्रयास गरे ।

उनको चर्चित चलचित्र ‘क्याराभान’ (१९९९) ले नेपालको डोल्पा क्षेत्रको जीवनशैली, प्राकृतिक सङ्घर्ष र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरेको थियो । उक्त चलचित्रले ओस्करको ७२औँ संस्करणमा समेत मनोनयन प्राप्त गरेको थियो । भ्यालीको दृष्टिकोणमा नेपाल केवल प्राकृतिक सौन्दर्यको भूमि होइन, सांस्कृतिक गहिराइले भरिएको समाज हो ।

‘ऊनको स्वीटर’ ले सिर्जना र संवेदनाको बलमा दर्शकमाझ स्थान बनाउँदै गरेको यस अवस्थालाई एरिक भ्यालीजस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वको प्रशंसाले थप विश्वसनीयता दिलाएको छ ।

सोमबार, जेठ १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.