• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ७. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

‘नरसिंहाः अवतार’को प्रचारको लागि ‘महानायक’ को यति धेरै मिहिनेत

  •   सोमबार, जेठ १९, २०८२ मा प्रकाशित

काठमाडौं ,जेठ १९
आठ वर्षपछि फिल्मको पर्दामा फर्किएका महानायक राजेश हमाल देश दौडाहामा छन् । यसअघि हमालले कुनै पनि फिल्मको प्रमोसन यसरी गरेको पाइदैनथ्यो । तर, यसपटक भने हमालले ‘नरसिंहाः अवतार’का लागि खुबै मिहिनेत गरेको देखियो । फिल्म रिलिज अगाडि मिडिया प्रमोशन होस् या चलिसकेपछि, हलमा पुगेर नै प्रमोशन किन नहोस्, हमाल उत्साहित देखिए ।

राजेश हमाल हल–हलमा पुगेर प्रमोशन गरिरहँदा कतिपयले आलोचना समेत गरे । आखिर, ‘महानायकको ब्रान्ड’लाई पनि हलमा पुग्नु पर्यो भन्ने खालका टिप्पणी सुनिए । तर, हमाल यसलाई दर्शकहरुसँग प्रत्यक्ष भेट्ने मौकाको रुपमा हेर्छन् ।

राजेश हमालले काठमाडौंमा मात्र होइन, काठमाडौं बाहिरका हलमा पनि दर्शक भेट्न पुगे । उनी, पूर्वका सम्पूर्ण फिल्मी स्टेशन पुगे । यस्तै, पश्चिमका नेपालगञ्ज, भैरहवा, धनगढी लगायतका हलमा पुगेर हमालले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे ।
उनै, हमाल भोलि मंगलबार पोखराका दर्शक भेट्न हलमा पुग्दैछन् । काठमाडौंका हलमा मात्र नभएर विभिन्न स्थानमा पनि पुगेर उनले फिल्मको प्रमोशन गरिरहेका छन् ।

हमालले ‘नरसिंहाः अवतार’लाई गम्भीर रुपमा लिएको देखिन्छ । यो फिल्मको प्रमोशनमा हमालले कही कतै पनि वडिगार्डको माग गरेका छैनन् । अहिलेका नयाँ पुस्ताका नायकहरु पत्रकार सम्मेलनमै वडिगार्डको माग गर्छन् । तर, हमालले भने देश दौडाहाका क्रममा प्रत्यक्ष दर्शकसँग कुराकानी गरे, फोटो खिचे ।हमाल आज पनि आफू फिल्म क्षेत्रमा उस्तै सक्रिय रहेको र आफ्नो प्रोजेक्ट सफल बनाउन लागिपर्ने सन्देश दिन सफल भएका छन् ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमालको साथमा राज कटुवाल, सनिषा भट्टराई, नीति शाह, प्रशान्त ताम्राकार, नीति शाह, टार्जन, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, उषा खड्गी, एभिलिना खड्का लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मले एक सातामा २ करोड ४ लाख ग्रस कलेक्शन गरेको आँकडा निर्माणपक्षले सार्वजनिक गरेको थियो । नेम महर्जन, नरेन्द्र महर्जन, दिपक प्रसाद ढकाल र ध्रुव न्यौपाने यो फिल्मका निर्माता हुन् ।

सोमबार, जेठ १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.