बैशाख २९ , काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा जित निकालेको छ ।मुम्बईमा बुधबार राति दिल्लीले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो ।
राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।दिल्लीको जितमा मिचेल मार्शले ८९ रनको अर्धशतकीय इनिङ खेले ।यस्तै डेभिड वार्नरले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङस खेले । कप्तान ऋषव पन्तले अविजित १३ रन जोडे ।राजस्थानका ट्रेन्ट बोल्ट र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन जोडेको थियो ।राजस्थानका रविचन्द्र आश्विनले ५० रनको अर्धशतकीय खेले । देबदुत पडिकलले ४८ रन जोडे । दिल्लीका मिचेल मार्श, एन्रिच नोर्किया र चेतन शाकरियाले २/२ विकेट लिए ।
जितसँगै दिल्लीले १२ खेलमा १२ अंक जोडेको छ ।दिल्ली पाँचौं स्थानमा रहेको छ ।राजस्थान १२ खेल १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ


