• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

सर्वाधिक व्यापार गर्ने २५ चलचित्रलाई बोर्डको सम्मान

  •   मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सर्वाधिक कमाइ गर्ने २५ चलचित्रलाई सम्मान गर्नुभएको छ ।

मन्त्री गुरुङसहित सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल, बोर्डका अध्यक्ष दिनेश डिसी र प्रथम अभिनेत्री भुवन चन्दले ती चलचित्रका निर्माता, निर्देशक र कलाकारलाई सम्मान प्रदान गर्नुभयो ।

कार्यक्रममा सर्वाधिक कमाइ गर्ने चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’का कलाकार विजय बराल, निर्देशक सरोज पौडेल र निर्माता विनोद पौडेलले सम्मान ग्रहण गर्नुभयो । उक्त चलचित्रको १७ लाख टिकट बिक्री हुँदा रु ४६ करोड ८७ लाख ४१ हजारको व्यापार गरेको थियो ।

यस्तै, बोर्ड स्थापना भएको वर्ष २०५७ असार १६ गतेदेखि हालसम्म सर्वाधिक कमाइ गर्ने चलचित्रको दोस्रो स्थानमा ‘कवड्डी–४’ले रु २१ करोड ४० लाख ७५ हजार व्यापार गरेको थियो । उक्त चलचित्रका अभिनेता दयाहाङ राई, विजय बराल र बुद्धी तामाङले सम्मान ग्रहण गर्नुभयो ।

यस्तै, तेस्रो स्थानमा रहेको ‘१२ गाउँ’ ले रु १९ करोड ९२ लाख ७७ हजार, चौथो स्थानमा ‘छक्का पञ्जा ४’ले रु १७ करोड ५३ लाख र पाँचौँ स्थानमा ‘जारी’ले रु १७ करोड ४८ लाख एक हजार व्यापार गरेवापत सम्मान प्राप्त गर्न सफल भयो ।

त्यसैगरी, छैठौँ स्थानमा ‘छक्का पञ्जा १’ (रु १६ करोड १० लाख २२ हजार ३५० रुपैयाँ), सातौँ स्थानमा ‘महाजात्रा’ (रु १५ करोड ६७ लाख ९९ हजार ६१४ रुपैयाँ), आठौँ स्थानमा ‘छक्का पञ्जा ५’ (रु १५ करोड २० लाख ३६ हजार), नवौँ स्थानमा ‘कोहिनुर’ (रु १४ करोड ७५ लाख ५० हजा) र दशौँ स्थानमा ‘छक्का पञ्जा २’ (रु १४ करोड ५१ लाख ५४ हजार २३० रुपैयाँ) व्यापार गरेवापत सम्मानित भए ।

अन्य सम्मानित चलचित्र ‘शत्रु गते’ (१२ करोड ६५ लाख ८२ हजार १३५ रुपैयाँ), ‘ऊनको स्वीटर’ (११ करोड ६ लाख ७६ हजार ६२१ रुपैयाँ), ‘कवड्डी–२’ (१० करोड ३५ लाख ३२ हजार २० रुपैयाँ), ‘बोक्सीको घर’ (१० करोड १० लाख २० हजार ९१७ रुपैयाँ), ‘छ माया छपक्कै’ (९ करोड ९२ लाख ८७ हजार १३९ रुपैयाँ), ‘दिमाग खराब’ (८ करोड ९८ लाख ६ हजार ९०७ रुपैयाँ), ‘अञ्जली’ (८ करोड ८३ लाख ५९ हजार ८४५ रुपैयाँ), ‘परदेशी २’ (७ करोड ९२ लाख ३८ हजार २४० रुपैयाँ), ‘छक्का पञ्जा ३’ (७ करोड ८३ लाख ८ हजार ८१ रुपैयाँ), ‘प्रेमगीत–३’ (७ करोड ६३ लाख ४५ हजार ३९२ रुपैयाँ), ‘कवड्डी कवड्डी कवड्डी’ (७ करोड ५९ लाख ५० हजार ६९२ रुपैयाँ), ‘पुजार सार्की’ (७ करोड ३८ लाख २३ हजार १८७ रुपैयाँ), ‘महापुरुष’ (७ करोड ३५ लाख ७९ हजार ८८५ रुपैयाँ), ‘कवड्डी’ (७ करोड ३४ लाख ९५ हजार २५० रुपैयाँ) र ‘पशुपति प्रसाद २: भष्मे डन’ (७ करोड ३२ लाख २० हजार रुपैयाँ) गरे वापत सम्मानित भए । उल्लेखित चलचित्रले बोर्ड स्थापना भएदेखि सर्वाधिक व्यापार गरेको हो ।

मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.