• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

चलचित्र ‘रोल नं. १’ को लागि बाल कलाकारको अडिसन आह्वान

  •   मङ्गलबार, कार्तिक १८, २०८२ मा प्रकाशित

काठमाडौँ ,कार्तिक १८
बालमनोविज्ञानमा आधारित नेपाली कथानक चलचित्र ‘रोल नं. १’ को लागि निर्माणपक्षले बाल कलाकारको अडिसन आह्वान गरेको छ ।सेभेन सिज सिनेमाको प्रस्तुति रहने यो चलचित्रका लागि निर्माण समूहले सामाजिक सञ्जालमार्फत विज्ञापन जारी गर्दै ७ देखि १२ वर्ष उमेर समूहका प्रतिभाशाली बालबालिकाहरूको खोजी गरिरहेको जनाएको छ ।

गत वर्ष नै यो चलचित्रको घोषणा गरिएको थियो । साथै, फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरिएको थियो, जसमा कक्षाकोठाको लास्ट बेन्चमा बसेको एक बालकले हात उठाएर आफ्नो उपस्थितिको संकेत गरेको दृश्य देख्न सकिन्छ । पोस्टरले नै चलचित्र बालमनोविज्ञानसँग सम्बन्धित रहेको स्पष्ट संकेत गरेको थियो ।

निर्माणपक्षका अनुसार ७ देखि ८ वर्षका ३ जना केटा बाल कलाकार, ६ देखि ७ वर्षकी १ जना केटी बाल कलाकार र ११ देखि १२ वर्षका २ जना केटा बाल कलाकार आवश्यक छन् ।

बाल कलाकारहरूको रङ गहुगोरो र उचाइ २.५ देखि ३ फिटसम्म हुनुपर्ने जनाइएको छ । इच्छुक बालबालिकाले सानो भिडियो क्लिप तयार गरी audition4rollno1@gmail.com इमेल वा WhatsApp नम्बर ९८६५११९३११ मा पठाउन सक्नेछन् ।

निर्माणपक्षले प्राप्त भिडियोहरूबाट शोर्टलिस्ट भएका व्यक्तिहरूलाई फाइनल अडिसनका लागि सम्पर्क गर्ने बताएको छ ।चलचित्रको कथा विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा र ‘जित्नैपर्ने’ मानसिकताको प्रभाव वरिपरि केन्द्रित रहेको संकेत गरिएको छ ।

निर्माता विनोद पौडेलले केही समयअघि सामाजिक सञ्जालमा लेखेका थिए, “सबैलाई नजिते, इज्जतै पाउँदैन रे । गन्तीमै आउँदैन रे। अरु सबै मुर्ख अरे एउटै विद्वान, रोल न. वान… रोल न. वान… रोल न. वान ।”

यस अभिव्यक्तिले चलचित्रले प्रतिस्पर्धात्मक समाजका कारण बालमस्तिष्कमा पर्ने दबाबलाई गहिराइपूर्वक प्रस्तुत गर्ने सम्भावना देखाउँछ ।

चलचित्रमा जोन योञ्जनको कथा तथा निर्देशन, महेश दवाडीको पटकथा र संवाद, र प्रशान्त शिवाकोटीको संगीत रहनेछ । निर्माणपक्षले कलाकारहरूको नाम भने हालसम्म सार्वजनिक गरेको छैन ।सेभेन सिज सिनेमाको प्रस्तुति रहेको अर्के चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ प्रदर्शनको तयारीमा छ ।

मङ्गलबार, कार्तिक १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.