काठमाडौँ ,कार्तिक १९
यहि शुक्रबार कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र ‘मन बिनाको धन’ को कलाकारहरु चलचित्रको प्रचार प्रसारको लागि राजधानीको बिभिन्न स्कुलमा पुगेका छन् ।
बुधबार अशोक दर्जी पढने मेरिगाेल्ड ई.वाे स्कुल यस्तै कलाकार साम्राज्ञी थापा पढने केएमसी र ए.आर बुढाथोकी पढने बेबीलन स्कुल पुगेर आफ्नो चलचित्र ‘मन बिनाको धन’ हेर्न अनुरोध गरेका छन ।

चलचित्रका मुख्य कलाकार अशोक दर्जी ,नीता ढुंगाना, रमेश विश्वकर्मा,एआर बुढाथोकीसगै चलचित्रका निर्माता मिनु शर्मा ( सपना) र बिबेक नेपाल लगायत फिल्मका क्रियटिभ निर्देशक टिकाराम बुढाथोकी स्कुल पुगेका थिए ।

अशोक ,एआर र साम्राज्ञीले आफु पढ्ने स्कुलको साथीहरुलाई चलचित्र हेर्न अनुरोध गरेका थिए भने उनीहरुको साथीहरुले आफ्नो साथीको फिल्म हेर्न जाने समेत बताए । हजारौ बिद्यार्थीहरुले कलाकारहरुलाई तालि बजाएर स्वागत गरेका थिए ।
पर्सिबाट प्रदर्शनमा आउन लागेको ‘मन बिनाको धन’ को टिकट बुकिङ खुलेसगै देशैभरिका हलमा राम्रो टिकट बुकिङ हुन थालेको छ ।चलचित्रले प्रचार सामाग्री मार्फत् दर्शकमाझ बनाएको हाइपका कारण व्यापारिक रुपमा सुखद ओपनिङ गर्ने अपेक्षा निर्माण टिमको छ ।

चलचित्र अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा ( सपना) रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् ।
फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।


