काठमाडौँ : नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ।सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी महानिरीक्षक(आईजीपी) नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।एआइजी कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख छन्।
वर्तमान आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर कार्तिक २६ मा अवकाशमा जाँदै छन् । खापुङले भदौ १९ बाट प्रहरीको कमाण्ड समालेका थिए ।
तपाईको प्रतिक्रिया


