• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान

  •   शुक्रबार, कार्तिक २०, २०८३ मा प्रकाशित

काठमाडौं, कात्तिक २० । नेपाली कला, साहित्य, गीतसंगीत, पत्रकारिता, चलचित्र तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका विभिन्न क्षेत्रका स्रष्टा तथा विशिष्ट व्यक्तित्वहरू सम्मानित भएका छन् ।

मिलाप मासिकको आयोजनामा बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमा बडादशैँ, तिहार, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदानसँगै ‘टीका–गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार–२०८३’ सहित विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

नेपाली कला क्षेत्रका विशिष्ट व्यक्तित्व त्रि–देवी चैतदेवी सिंह, वसुन्धरा भुसाल र भुवन चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा महाकाव्यकार खेमनाथ दाहाललाई ‘टीका–गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार–२०८३’ प्रदान गरिएको थियो ।

लोकप्रिय गायक तथा संगीतकार कन्हैया सिंह र गायिका अञ्जना गुरुङले आफ्ना मातापिताको नाममा स्थापना गरेको उक्त पुरस्कार दाहाललाई प्रदान गरिएको हो । प्रमुख अतिथि त्रय, मिलाप मासिकका सम्पादक एवं कार्यक्रमका सभापति कृष्ण भुसाल, ‘टीका–गोपाल’ फाउन्डेसनकी अध्यक्ष गीता सिंह तथा सल्लाहकार एवं कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठलगायतले दाहाललाई पुरस्कार अर्पण गरेका थिए ।

नेपाली साहित्यका विभिन्न विधा तथा गीतसंगीत क्षेत्रमा योगदान पुर्‍याउँदै आएका दाहाललाई प्रदान गरिएको पुरस्कारले सिर्जनात्मक साधना र राष्ट्रिय गीतसंगीतको प्रवर्द्धनमा समर्पित व्यक्तित्वहरूको योगदानलाई सम्मान गरेको आयोजकले जनाएको छ ।

समारोहमा मिलाप मासिकको आवरणमा समेटिएका विभिन्न क्षेत्रका व्यक्तित्वलाई ‘मिलाप कभर सम्मान’ प्रदान गरिएको थियो । सम्मानित हुनेमा उर्मिला श्रेष्ठ, विक्रमभक्त जोशी, राजु सिंह, खेमनाथ दाहाल, अम्बिका गुरुङ, उत्तम केसी, वसन्त वित्यासी थापा, देवेन्द्र बजगाईं, सुमिना श्रेष्ठ, निशिता जोशी, रश्मी पाण्डे, राज टाइगर, सुनिता कुँवर, मनोज परियार र सन्दीप भुजेल रहेका थिए ।

त्यस्तै, कला, साहित्य, पत्रकारिता तथा सामाजिक सेवामा योगदान पुर्‍याउने डा. मोहनलाल घिसिङ, सीतारम पोखरेल, आरपी पन्त, गोपालकाजी कायस्थ, विजयरत्न तुलाधर, विनोद देवकोटा, सरोज बास्तोला, मञ्जु लावती, शशी लुमुम्बू, राधाकुमारी दाहाल, योगराज पाण्डे ‘रञ्जन’, अशोक बराल, शान्ति गुरुङ, वसन्ती सदा शंकर, विन्दिरा श्रेष्ठ, स्वस्तिका पन्थी र सुमन सापकोटालगायतलाई ‘मिलाप सम्मान’ प्रदान गरिएको थियो ।

कार्यक्रममा वक्ताहरूले नेपाली कला, साहित्य र संगीत राष्ट्रिय पहिचान, भाषा, संस्कृति तथा सामाजिक चेतनाका महत्त्वपूर्ण संवाहक भएको उल्लेख गर्दै स्रष्टाहरूको योगदानको उचित कदर हुनुपर्नेमा जोड दिएका थिए ।

प्रमुख अतिथि वसुन्धरा भुसालले नेपाली कला क्षेत्रको विकास र संरक्षणमा स्रष्टाहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै उनीहरूको योगदानको सम्मान गर्ने कार्य प्रशंसनीय भएको धारणा राखिन् । यस्ता कार्यक्रमले विभिन्न विधामा सक्रिय प्रतिभालाई एकै ठाउँमा जोड्नुका साथै आपसी सद्भाव र सहकार्यलाई प्रोत्साहन गर्ने उनको भनाइ थियो ।

पुरस्कृत व्यक्तित्व दाहालले आफूलाई पुरस्कार प्रदान गरेकोमा आयोजकप्रति आभार व्यक्त गरे । साहित्य सिर्जनामा निरन्तर लागिरहने क्रममा विभिन्न पुरस्कार तथा सम्मान प्राप्त भएको उल्लेख गर्दै उनले सिर्जनात्मक यात्रालाई निरन्तरता दिने बताए ।

त्यस्तै, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी तथा ‘टीका–गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार’का सल्लाहकार एवं संगीतकार सन्तोष श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरूले मिलाप मासिकले नेपाली कला, साहित्य र संगीत क्षेत्रको प्रवर्द्धन तथा स्रष्टाहरूको सम्मानका लागि गर्दै आएको कार्यको प्रशंसा गरेका थिए ।

कार्यक्रममा मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् भने निर्देशक माधवराज खरेलले कार्यक्रम सञ्चालन गरेका थिए । बालकलाकार काब्य अधिकारीले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् । सो अवसरमा प्रमुख अतिथिलगायत विशिष्ट व्यक्तित्वलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

समारोहमा वरिष्ठ साहित्यकार लेखनाथ पोखरेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका महासचिव रमेश दाहाल, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, तुलसी गिरी ‘भावुक’, डब्बु क्षेत्री, निमेश गौतम, साहित्यकार शैलेन्द्र चापागाईं, सविता बेहोसी, वरिष्ठ पत्रकार तथा गीतकार शान्तिप्रिय, वरिष्ठ कलाकार लय संग्रौला, नायिका तथा गायिका सारिका घिमिरे, निर्देशक रामशरण कोइराला र नायक श्रीदेव भट्टराईलगायत कला, साहित्य, पत्रकारिता तथा मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।

कार्यक्रमको समापन गर्दै सभापति एवं मिलाप मासिकका सम्पादक कृष्ण भुसालले स्रष्टा तथा साधकहरूको योगदानको सम्मान गर्नु नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको महत्त्वपूर्ण आधार भएको बताए । १७ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलापले विभिन्न क्षेत्रका प्रतिभालाई प्रोत्साहन गर्दै एउटै मञ्चमा जोड्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे ।

शुक्रबार, कार्तिक २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य
विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक
आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास
क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान

  • २.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ३.
    विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक

  • ४.
    आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास

  • ५.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • ६.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ७.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ८.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.