काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले एमालेबाहेकको समीकरण अन्य प्रदेशहरूमा पनि बनाउनुपर्ने बताएका छन्।शनिवार जनकपुरधाममा सम्पन्न एकता सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले मधेसमा कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी तथा मधेस केन्द्रित दलहरूबीच समीकरण बनेर नयाँ समिकरण बनेको र अब यस्तै समीकरणको सुरुवात अन्य प्रदेशहरूमा पनि बन्ने विश्वास व्यक्त गरे।
कम्युनिष्टहरूबीचको एकता प्रकृयालाई जारी राख्ने बताउँदै दाहालले एमालेमा आबद्ध नेताहरूलाई समेत एकतामा सामेल हुन आह्वान गरे।
तपाईको प्रतिक्रिया


