• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ७. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ८. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ९. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • १०. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरण : सिआइबीको अनुसन्धान पूरा

  •   बिहिबार, पुष ०३, २०८२ मा प्रकाशित

काठमाडौँको दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा भाडामा दिँदा अनियमितता गरेकोबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान पूरा गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

सिआइबीले बुधबार जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको अनुसन्धान प्रतिवेदनमा पूर्वसचिव अर्जुनबहादुर कार्की, ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्की र व्यापारिक घराना यति समूह अन्तर्गतको थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङलाई प्रतिवादी बनाई ठगी तथा आपराधिक लाभको कसुरमा छ अर्ब ३४ करोड १२ लाख ९८ हजार रुपियाँ बिगो माग गरी मुद्दा चलाउन सिफारिस गरिएको छ ।

सिआइबीका प्रमुख डा. मनोज केसीले नेपाल ट्रस्टको जग्गा प्रकरणमा तीन जना व्यक्ति र एक कम्पनीविरुद्ध बिगो कायम गरी मुद्दा चलाउन सिफारिस गरी थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउन सिफारिस गरिएको बताउनुभयो । प्रतिवेदनमा उनीहरूविरुद्ध पाँच वर्ष कैद सजाय माग गरिएको छ ।

तत्कालीन ट्रस्टका सचिव कार्कीसहितको समूह, बिचौलिया र राज्यका महत्वपूर्ण जिम्मेवारीमा रहेका पदाधिकारीको मिलेमतोमा राज्यलाई अर्बौं नोक्सान हुने गरी करार सम्झौता गरेको र त्यसो गर्दा ठुलो आर्थिक लाभ लिएको पाइएको छ ।

विसं २०७४ जेठ १४ गते गरिएको करार सम्झौतामा ट्रस्टका सचिव कार्कीसहितको मिलेमतामा ट्रस्टलाई दीर्घकालीन नोक्सानी पु¥याउने गरी थामसेर्कु प्रालिसँग सम्झौता गरिएको पाइएको छ । सिआइबीले लाभग्राही, सहयोग गर्ने अधिकारी, सम्बद्ध रहेको विभिन्न ओहोदा र पदमा रहेका व्यक्तिले गैरकानुनी रूपमा लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको ठहरसहितको प्रतिवेदन तयार पारेको छ ।

ट्रस्टको जग्गा अत्यन्तै कमसल मुल्यमा करार सम्झौता गर्दा ‘विल्ड अपरेट ट्रान्सफर’ अर्थात् निर्माण सम्पन्न गर्न तीन वर्ष र बाँकी ३० वर्ष गरी ३३ वर्षका अवैध रूपमा भाडा सम्झौता खुलेको छ । यस प्रकरणमा सिआइबीले गत कात्तिक २१ गते तत्कालीन सहसचिव लेखबहादुर कार्की र पूर्वसचिव अर्जुनबहादुर कार्कीलाई कात्तिक ३० गते पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।

बिहिबार, पुष ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.