काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। एमाले अध्यक्ष ओली आज (शनिबार) महाराजगञ्जस्थित देउवा निवासमा पुगेर भेटवार्ता गरेका हुन्।
ओलीसँग नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि उपस्थित थिए। हालै संसद पुनर्स्थापनासम्बन्धी मुद्दामा कांग्रेस–एमाले सांसदहरूले पुरक निवेदन दर्ता गर्ने तयारी भइरहेका बेला शीर्ष नेताबीचको भेट वार्ता महत्वपूर्ण मानिएको छ।
देउवा सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा केन्द्रित भएर छलफल गरिएको थियो।
तपाईको प्रतिक्रिया


