• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

हत्या गरेको आशङ्कामा सासू र नन्द पक्राउ

  •   मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित

सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मङ्गलबार विज्ञप्ति जारी गर्दै घट्नामा संलग्न भएको आशङ्कामा मृतककी सासू ५९ वर्षीया मायारानी बम्जन र नन्द ३५ वर्षीया मीना लामा (बम्जन) लाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ । पक्राउ परेका दुबै जनाले आइतबार (पुस ६ गते) दिउँसो अन्दाजी साढे ४ बजे घरको भान्सा कोठामा मृतकको शरीरमा पेट्रोल छर्की आगो लगाई हत्या गरेको बताइएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार घटनास्थल शङ्कास्पद देखिएकाले सोही दिन तत्काल मृतककी सासू मायारानी र नन्द मीनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका बुवा हरिहरपुरगढी गाउँपालिका–४ निवासी प्रेमबहादुर घिसिङले सोमबार पक्राउ परेका प्रतिवादीको नाममा किटानी जाहेरी दर्ता गराउनु भएको छ ।

‘उक्त जाहेरी ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा शीर्षकमा मुद्दा दर्ता गरिएको र पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालतबाट सोमबार नै पाँच दिनको म्याद थप लिई घटनाको अनुसन्धान भइरहेको छ’ उहाँले भन्नुभयो, ‘प्रारम्भिक सोधपुछको क्रममा पक्राउ परेकी मीनाले मृतक सुशीलालाई पेट्रोल छर्की आगो लगाएको बताएकी छन् ।’

कार्यालयका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थलबाट पेट्रोलसहितको दुई बोतल पेट्रोल, जलेको अवस्थामा रहेको बोतलमा पिधमा पेट्रोल, लाइटर र बाँसको भाटामा सल बेरी राखेको अवस्थामा राँको (पुल्ठो) समेत फेला परेको छ ।

उक्त घटनामा मृतकका ससुरा ६२ वर्षीय दुर्गामान बम्जनसमेत आगोको लप्काले भेटेर दाहिने हात, दाहिने खुट्टा र ढाड जलेर घाइते भएको र उहाँलाई सिन्धुली अस्पतालमा उपचारपछि थप उपचारका लागि कीर्तिपुर बर्न अस्पतालमा लगिएको छ ।

सुशीलाका ७ वर्षका तिम्ल्याहा दुई छोरा र एक छोरी छन् । बोर्डिङ्बाट छोराछोरी घरमा आएर खाजा खाएपछि बच्चाहरूलाई ट्युसन पुर्‍याएर सुशीला घर फर्किएपछि उक्त घटना भएको पाइएको छ ।

मृतक सुशीलाका आफन्त र स्थानीयले मङ्गलबार सुशीलाको न्याय र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा घेराउ गरी दबाब दिएका छन् । शरीरमा पेट्रोल छर्केर आगो लगाएर मार्न थालेपछि सुशीलाले चिच्याएर बचाउन हारगुहार गरेको सुनेपछि स्थानीयहरू घरमा आउँदा गेटमा ताल्चा लगाएको, कोठामा आगो लगाइएको, नन्द मीना घरको गल्लीमा उभिइरहेको र आगो दनदनी बलिरहेको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार सुसुरा, सासू र नन्दले सुशीलालाई पाँच वर्षभन्दा बढी समयदेखि विभिन्न बहानामा निरन्तर मानसिक, शारीरिक यातना दिँदै आएको बताइएको छ । पछिल्लो दुई महिनादेखि नन्द मीनाले सुशीलालाई घर छोडेर नगए मार्छु भन्दै निरन्तर धम्की दिएको खुलेको छ । मृतकका श्रीमान् सूर्य बम्जन भने हाल वैदेशिक रोजगारीका सिलसिलामा कोरियामा छन् ।

मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान
‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य
विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक
आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास
क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान

  • २.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ३.
    विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक

  • ४.
    आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास

  • ५.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • ६.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ७.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ८.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.