• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ६. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

शालीनदीमा आध्यात्मिक भेल

  •   आइतबार, पुष २०, २०८२ मा प्रकाशित

काठमाडौँ, पुस २० गते । शनिबारबाट सुरु भएको स्वस्थानी महास्नानमा सहभागी आउनुभएका बालाजुका राजु दाहाललाई काठमाडौँको मौसम चिसो मौसम भए पनि शालीनदीमा भक्तिपूर्वक स्नान गर्दा आनन्द  अनुभूति भयो । निक्कै प्रसन्न देखिनुभएका दाहालको अनुहारमा धार्मिक आस्था र स्वस्थानी व्रतप्रतिको विश्वास अझ बढी झल्किन्थ्यो ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नानमा उहाँ जस्ता हजारौँ भक्तजन र  व्रतालुले शालीनदीमा स्नान गरी माधवनारायणको दर्शन गर्ने छन् । जावलाखेल निवासी कोमल शर्माले भन्नुभयो, “१५ वर्षदेखि निरन्तर रूपमा यहाँ व्रत लिँदै आएकी छु, यसले झन् यस पर्वप्रति आत्मविश्वास अझ बढ्दै गएको छ ।” काठमाडौँको उत्तरपूर्वीभेगमा रहेको साँखु शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला सुरु भएको छ । व्रतालुले पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर पौष शुक्ल पूर्णिमाबाट यो व्रत सुरु गर्छन् ।

संस्कृतिविद् गोविन्द टण्डनका अनुसार यो व्रत धर्म अध्यात्मप्रति आस्था स्कन्द (आकर्षण) जगाउन सुरु भएको हो । अबको एक महिना प्रत्येक बिहान माघस्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरिन्छ । भने बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ महात्म्यबारे कुमार अगस्त्यबिच भएको संवाद सुनाइन्छ । यो नै संवाद नै स्वस्थानी व्रत कथा हो । स्वस्थानी कथाहरू विभिन्न रूप र स्वरूप शैलीका भए पनि कतिपय कुरा परिवारजन बसेर सुन्न पनि गाह्रो छ भन्ने बेला बेलामा कुरा आइरहेको पनि उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, “यति हुँदा पनि यसले नेपालमा भएका कतिपय तीर्थस्थलहरूको महìवका कुरा उजागर गर्ने काम ग¥यो ।”

यो कथाले शारीरिक शुद्धिदेखि लिएर मानसिक शुद्धि पनि अध्यात्ममा एकदमै जरुरी छ भन्ने सन्देश दिने उहाँ बताउनुहुन्छ । स्वस्थान भएको तीर्थहरूको महत्व छ है भन्ने र ‘नजिकको तीर्थलाई हेला नगर’ भन्ने भावना व्यक्त गर्ने हुनाले पनि यसको ठुलो योगदान रहेको उहाँले बताउनुभयो ।

आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ । गोकर्णस्थित शालीनदी यसै कथासँग जोडिएको मानिन्छ । त्यसैले यहाँ प्रत्येक वर्ष लाखौँ भक्तजन आउने गर्छन् । अघिल्लो वर्ष २० लाख  भक्तजन दर्शन गर्न आएको र यस वर्ष २५ देखि ३० लाख दर्शनार्थी दर्शन गर्न आउने अनुमान गर्नुहुन्छ श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका वरिष्ठ उपाध्यक्ष जीवनमान सिंह । उहाँका अनुसार यस वर्षको माधनारायण मेलाका लागि सामुदायिक प्रहरी, प्रहरी प्रभाग, नगर प्रहरी, सिडियो स्काउट, स्थानीय र मूल समितिका मान्छेहरू बसेर भक्तजनको व्यवस्थापन मिलाइएको छ । यसमा लाम लागेका भक्तजनलाई छिटो र सजिलो तरिकाबाट दर्शन गराउने साथै वृद्ध र अशक्तहरूलाई लाम लाग्न नपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । यहाँ दर्शन गर्न आउने दर्शनार्थीको मुख्य उद्देश्य भनेकै शालीनदीमा नुहाइसकेपछि पुण्य लाभ गर्ने र स्वास्थ्य राम्रो हुने विश्वास रहिआएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, यस पटक महिला र र पुरुष गरी व्रतालुहरू १८० जना छन् । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धुप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइने उहाँले बताउनुभयो । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति बनाउन पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा पनि स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नागनागिनीको पुनर्मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको संस्कृतिविद् टण्डनले जानकारी दिनुभयो ।

आइतबार, पुष २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान
‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य
विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक
आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास
क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ६.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

भर्खरै

  • १.
    कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान

  • २.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ३.
    विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक

  • ४.
    आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास

  • ५.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • ६.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ७.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ८.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.