• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

काँग्रेस विभाजन हुन्न: महामन्त्रीद्वय थापा र शर्मा

  •   बुधबार, पुष ३०, २०८२ मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको पक्षमा निर्णय उभिन महाधिवेशन प्रतिनिधिलाई आह्वान गर्नुभएको छ । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजित विशेष महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उहाँले संविधान, कानुन, पार्टी विधानका आधारमा दलको आधिकारिकता विशेष महाधिवेशनको पक्षमा भएकाले काँग्रेस विभाजन नहुने जिकिर गर्नुभयो ।

महामन्त्री थापाले भन्नुभयो, “विशिष्ट अवस्थामा विशेष अधिवेशन आह्वान गरिएको हो । हामी सत्यको पक्षमा उभिनुपर्छ । विशेष अधिवेशन समापनका विषयमा संवाद र कुराकानी भइरहेका बेला आफूहरूलाई छलफलमा अलमल्याएर निर्वाचन आयोगमा  कारबाहीको पत्र पठाइएको छ, त्यो गलत छ ।”

युवा भावना अनुरूप अघि बढिरहेको नेपाली काँग्रेसलाई रूपान्तरणको अभियानलाई कसैले रोक्न नसक्ने बताउँदै उहाँले नेपालको निर्वाचन आयोग, संविधान, नियम र कानुनप्रति विश्वास भएकाले विधिसम्मत ढङ्गबाट आएको निर्णयलाई स्वीकार गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो, “काँग्रेस कसैको निजी पार्टी होइन, आफूहरूलाई कारबाही गर्नुअघि सोध्ने, स्पष्टीकरण माग्ने र कारबाही गर्न पर्दैन ? केन्द्रीय कमिटी भङ्ग भएको छ, बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित भएको यो विशेष महाधिवेशन आधिकारिक छ ।”

महाधिवेशन प्रतिनिधिलाई घर फर्किएर महामन्त्रीद्वय उपस्थिति रहेको विशेष अधिवेशनमा भाग लिएर आएको भन्दा कहीकतै शिर निहुर्याउन नपर्ने बताउँदै उहाँले काँग्रेस विभाजन नभई एउटै रहेकाले नआत्तिन, नअलमलिन र भ्रममा नपर्न सुझाव दिनुभयो ।

महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन आयोग, संविधान र पार्टीको विधानका आधारमा अहिले देखिएको विवादको समाधान निस्कने धारणा राख्नुभयो । उहाँले पार्टीको आधिकारिक विशेष महाधिवेशन भएको र निर्वाचन प्रक्रिया अघि बढाइ सकेकाले उम्मेदवार भइसकेको व्यक्तिलाई गरिएको कारबाहीको कुनै अर्थ नरहेको बताउनुभयो ।

सहमहामन्त्री फर्मूला अन्सारीले नेपाली काँग्रेस विशेष अधिवेशनको मूल कार्यादेश नेताको चयन र नीतिको तर्जुमा गर्ने भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आदेश दिएर पार्टी चलाउने समय गयो, देश घुम्न सक्ने र जनतालाई बुझाउने युवा नेतृत्व अहिले पार्टीको माग हो । युवाको बेगलाई कुनै षडयन्त्र र निर्णयले रोक्न सक्दैन ।”

नेपाली काँग्रेसको कार्य समितिको आज सानेपामा बसेको बैठकले भने उहाँहरू तीन जनालाई नै पार्टीको हित र अनुशासन विपरीत कार्य गरेको भनी पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको जनाएको छ ।

बुधबार, पुष ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान
‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य
विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक
आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास
क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त
तिहार पर्व सुरु, मिथिलामा धनतेरस

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान

  • २.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ३.
    विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक

  • ४.
    आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास

  • ५.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • ६.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • ७.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ८.
    आज कार्तिक २० गते शुक्रबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.