विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले पदबाट राजीनामा दिएका छन्।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट उम्मेदवारी दिने तयारीमा रहेका साम्पाङले आइतबार नगरप्रमुख पदबाट राजीनामा दिएका हुन्।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुख पदबाट राजीनामा दिएको उनले जानकारी दिएका छन्।
यसअघि आइतबार नै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पनि पदबाट राजीनामा दिएका थिए।

तपाईको प्रतिक्रिया


