काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन्।
उनको राजीनामाको पुष्टि अर्थमन्त्री रामेश्वर खनालले गरेका हुन्। अर्थमन्त्री खनालले सामाजिक सञ्जालमार्फत मन्त्री पुनले राजीनामा दिएको जानकारी दिएका हुन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्,
“महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो।”
प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दिएको बतायो । पुन गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त भएका थिए ।
तपाईको प्रतिक्रिया


