काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको निर्वाचन क्षेत्र नं. ८ स्तरीय भेला सम्पन्न भएको छ। भेलाले आगामी प्रतिनिधिसभा निर्वाचनमा तारा चिन्हका उम्मेदवार सुमन सायमीलाई अत्यधिक मतका साथ विजयी गराउने उद्देश्यसहित उमेश स्थापितको संयोजकत्वमा १००१ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन गरेको छ।
भेलामा पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भेलाले निर्वाचन अभियानलाई व्यवस्थित, सशक्त र जनमुखी बनाउँदै घर–घरमा पार्टीको नीति, कार्यक्रम र उम्मेदवारको पक्षमा जनसमर्थन विस्तार गर्ने निर्णय गरेको छ।
नवगठित मूल निर्वाचन परिचालन समितिले निर्वाचन क्षेत्र नं. ८ भित्र व्यापक जनपरिचालन गर्दै चुनावी अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। भेलामा सहभागी स्थानीयवासीहरूले सुमन सायमी जनताको आवाज बोकेका उम्मेदवार भएको उल्लेख गर्दै उनको विजय सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्।


