• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

दलित अधिकार विधेयक : महिनाभित्रै मसौदा

  •   आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित

काठमाडौँ, फागुन ३ गते । संवैधानिक व्यवस्थाबमोजिमका अधिकार सुनिश्चित गर्ने कानुन नहुँदा दलित समुदाय आफ्नो अधिकारबाट वञ्चित भएका छन् । संविधान जारी भएको करिब एक दशक बितेको छ । संविधानमा सुनिश्चित मौलिक हक कार्यान्वयनका लागि कतिपय कानुन बने, कतिपय अझै बनेका छैनन् । नबनेका कानुन अन्तर्गत दलितको हकलाई समेट्ने विषय पनि छन् ।

कानुन अभावमा संविधानले सुनिश्चित गरेको विशेष व्यवस्था कार्यान्वयन गर्न नसक्ने अवस्था आएपछि सरकारले अबको एक महिनाभित्र दलितको हक सुनिश्चित हुने कानुनको मसौदा तयार गरी विधेयकको रूप दिने तयारी गरेको छ । मौलिक हक कार्यान्वयनका लागि समेत कानुन आवश्यकता ध्यानमा राखेर सरकारले दलितको अधिकार सुनिश्चित हुने कानुनको मसौदा तयार गर्न लागेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले अबको एक महिनाभित्र कानुनको मसौदा तयार हुने गरी सरकारले काम अगाडि बढाएको बताउनुभयो । उहाँले कानुन तर्जुमा गर्न नेपाल कानुन आयोगलाई जिम्मेवारी दिइएको बताउनुभयो ।

नेपालको संविधानको धारा ४० ले दलितको हक अन्तर्गत कानुनबमोजिम विशेष व्यवस्था गरिने सुनिश्चित गरेको छ । सो धाराले राज्यका निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुने, दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म कानुनबमोजिम छात्रवृत्तिसहित निःशुल्क शिक्षा व्यवस्था गरिने, प्राविधिक र व्यावसायिक उच्च शिक्षा तथा स्वास्थ्य र सामाजिक सुरक्षा प्रदान गर्न र भूमिहीन दलितलाई एक पटक जमिन उपलब्ध गराउन कानुनबमोजिम विशेष व्यवस्था गर्ने उल्लेख गरेको हो ।

राष्ट्रिय सभाका सदस्य गोपीबहादुर सार्की अछामी भन्नुहुन्छ, “मौलिक हकले दलितको हक कार्यान्वयन कानुनबमोजिम हुने भन्यो तर कानुन बनेन । यसले सङ्घीयता र गणतन्त्र आएको १० वर्षपछि पनि संविधानले परिकल्पना गरेबमोजिम दलितको अधिकार सुनिश्चित हुन सकेन ।”

सङ्घीय संसद्बाट पारित भएका मौलिक हक अन्तर्गतका १६ वटा कानुन लागु भएका छन् । तर धारा ४० को हक कार्यान्वयनसम्बन्धी कानुन तर्जुमा भएको छैन । मौलिक हक अन्तर्गतका करिब १३ वटा कानुन अझै बनेका छैनन् । सङ्घीयता कार्यान्वयनसँगै पिछडिएको समुदाय उत्थान विकास समिति (गठन आदेश २०६५), बादी समुदाय उत्थान विकास समिति (गठन आदेश २०६८) र उपेक्षित, उत्पीडित, दलित वर्ग उत्थान विकास समिति (गठन आदेश २०५४) निष्क्रिय भएर खारेज भएका छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कबमोजिम नेपालको जनसङ्ख्याको करिब १३.४ प्रतिशत दलित छन् । जनगणना प्रतिवेदनमा करिब ९० प्रतिशत दलितले आफ्नै स्वामित्वको घरमा बसोबास गरेको देखाएको छ । प्रतिवेदन अनुसार तराई मधेशका ९५ प्रतिशत दलितले आफ्नै स्वामित्वको घरमा बसोबास गरेको उल्लेख छ । तर व्यवहारमा अधिकांश दलितको आफ्नै नाममा जग्गासमेत छैन ।

सर्वोच्च अदालतको २०७७ चैत ६ गतेको निर्देशनात्मक आदेशमा संविधानको धारा २४ र ४० द्वारा प्रत्याभूत हकको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाको परामर्शमा विद्यमान नीति र कानुन पुनरवलोकन, सुधार र सुदृढीकरण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य र समसारिणीको निर्धारण, वार्षिक बजेट विनियोजन तथा मावन स्रोत साधनसमेत व्यवस्था गरी दलित समुदाय र सो समुदायका व्यक्तिको समानता, विभेदहीनता, समता, समावेशिता, सहभागितासम्बन्धी हक अधिकारको प्रचलन र सामाजिक न्याय सुनिश्चित हुने आवश्यक प्रबन्ध गर्नु गराउनु भन्ने सर्वोच्चको निर्देशनात्मक आदेश छ ।

राष्ट्रिय सभाले दलितको हक अधिकार सुनिश्चित गर्न निरन्तर रूपमा सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धमा अध्ययनसमेत गरेको हो । समितिले सरकारमाथि दबाब सिर्जना गर्न करिब एक वर्षअघि दलितको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मसौदै तयार गरेर सभामा बुझायो तर कानुन बनेन । सोसँगै राष्ट्रिय सभाले दलितको अधिकार सुनिश्चित गर्न १९ बुँदामा सङ्कल्प प्रस्तावै पारित गरेर सरकारलाई सोबमोजिम व्यवस्था गर्न निर्देशन दियो । तर सङ्कल्प प्रस्ताव कार्यान्वयनको मापनसमेत हुन सकेको छैन ।

कानुन बनाउने थलोमा हुँदाहुँदै किन कानुन आएन भन्ने प्रश्नमा छ बर्से कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका सदस्य गोपीबहादुुर सार्की अछामीले भन्नुभयो, “राजनीतिक हिसाबले संसद्मा कुरा उठायौँ । प्रत्येक पटक सरकारले दलितको अधिकार सुनिश्चित हुने गरी कानुन बनाउने प्रतिबद्धता व्यक्त ग¥यो तर छिटोछिटो सरकार परिवर्तन हुँदा कानुन आएन ।”

अन्तरिम सरकारले भने कानुन बनाउने पहलकदमी लिएको छ । राष्ट्रिय सभाका सदस्य भुवनबहादुर सुनार भन्नुहुन्छ, “अन्तरिम सरकारले कानुनको मसौदा बनाउन पहल गरेको छ । सरकारका लागि नागरिकबाट श्रेय लिने यो अवसर पनि हो ।”

कानुन आयोगले मसौदा लेख्नुअघि करिब एक साता सार्वजनिक परामर्श गर्न समय लाग्ने र सोपछि करिब १५ दिनमा कानुनको मसौदा तयार हुने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी समाल्नुभएका अर्थमन्त्री खनाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अन्तरिम सरकारको कार्यकाल हुँदै कानुन आउनेमा विश्वस्त हुने आधार तयार भएको छ ।”

प्रतिनिधि सभा सदस्यको निर्वाचन फागुन २१ गते हुँदै छ । वर्तमान सरकार करिब फागुन अन्तिम सातासम्म रहने अनुमान गरिएको छ । कानुन मसौदा गर्न करिब एक महिना लागे पनि फागुन अन्तिमसम्म मसौदा तयार हुने छ । यद्यपि सो कानुन नवगठित प्रतिनिधि सभामा मात्रै पेस हुने छ ।

आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.