• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

नेपाल र नेपालीको प्रतिष्ठा बढाउन शेर्पा समुदायको योगदान महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

  •   मङ्गलबार, फागुन ०५, २०८२ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन शेर्पा समुदायको योगदान उल्लेखनीय रहेको बताउनुभएको छ ।

नेपाल शेर्पा संघले मंगलवार आयोजना गरेको ग्याल्पो ल्होसार २१५३ औँ मे फो त ल्हो (नयाँ वर्ष) शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शेर्पा समुदायको योगदान गर्वको विषय भएको बताउनुभएको हो ।

हिमाली क्षेत्रबाट उद्गम भएको शेर्पा समुदाय आज विश्वभर फैलिएर नेपाललाई चिनाउन सफल भएको उहाँको भनाइ छ । पर्यटन र पर्वतारोहण क्षेत्रमा विश्वव्यापी ख्याति कमाएको शेर्पा समुदाय इमान्दार, परिश्रमी र प्रकृतिप्रेमी जातिका रूपमा परिचित रहेको उहाँले बताउनुभयो । शेर्पा समुदायको मौलिक पहिचान, संस्कृति र राष्ट्रिय योगदानको उच्च प्रशंसा गर्दै उहाँले नेपालको मौलिक पहिचान भनेकै यहाँका विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, रहनसहन, परम्परा र चाडपर्व भएको उल्लेख गर्नुभयो ।

हिमाल, पहाड र तराईको अनुपम भौगोलिक–सांस्कृतिक विविधताबीच आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान बोकेको शेर्पा समुदाय नेपालको आदिवासी समुदायका रूपमा महत्वपूर्ण रहेको बताउनु भयो । राष्ट्रपतिले ल्होसार जस्ता चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । मौलिक नेपाली पहिचान अक्षुण्ण राख्दै राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु सबैको साझा दायित्व भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संस्कृति रहेको नेपालका विभिन्न जातजातीमध्ये आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान रहेको शेर्पा समुदाय नेपालको आदीवासी समुदाय हो । नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन यस समुदायको महत्वपूर्ण योगदान रहेको छ । वास्तवमा हाम्रो मौलिक पहिचान भनेको यहाँ रहेका विभिन्न जातजाती, भाषभाषी, संस्कृति, रहनसहन, परम्परा र चाडवर्प हो । नेपालको पर्यटन, पर्वतारोहण क्षेत्रमा ख्याती कमाएका शेर्पा समुदाय ईमानदार, परिश्रमी र प्रकृतिप्रेमी जातीका रुपमा परिचित छन् । नेपालको हिमाली क्षेत्रबाट फैलिएको यो जाती आज विश्वभर फैलिएर आफ्नो समुदायको मात्रै नभएर नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनिय भुमिका निर्वाह गर्दै जानु खुशीको विषय हो । यसप्रकारको चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भातृत्व अभिवृद्धिमा महत्वपुर्ण योगदान दिँदै आएको छ । यो मौलिक नेपाली पहिचानलाई अक्षुन्न राख्दै राष्ट्रिय एकताको भावनालाइै सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो ।”

हिमाली बौद्ध पात्रोअनुसार पहिलो महिनाको पहिलो दिन ग्याल्पो ल्होसार मनाइने परम्परा रहेको छ । यसै दिनबाट नयाँ ‘ल्हो’ वर्ग तथा संवत परिवर्तन भई नयाँ वर्ष आरम्भ हुने विश्वास गरिन्छ ।

मङ्गलबार, फागुन ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.