• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

गोरखा–२ मा लेखनाथ न्यौपाने : ‘हरित र दिगो विकास’को दृष्टिकोणसहित चुनावी मैदानमा

  •   मङ्गलबार, फागुन ०५, २०८२ मा प्रकाशित

काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टीका गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखनाथ न्यौपाने गोरखा विकासको नयाँ दृष्टिकोण बोकेर चुनावी मैदानमा होमिएका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहेका न्यौपाने राष्ट्रिय राजनीतिका एक चर्चित व्यक्तित्व हुन् । नेकपाको किल्लाको रुपमा रहेको गोरखामा उनी नयाँ उम्मेदवारको रुपमा रहेका छन् ।

यसअघि उनले कुनै प्रकारको राजकीय जिम्मेवारी लिएका छन् । बौद्धिक व्यक्तित्व, साधारण जीवनशैली र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका उनको परिचय बनेको छ । उनले गोरखामा दिर्घकालिन महत्वको केही एजेन्डा र योजनाहरु लिएर अघि बढेका छन् ।

‘हरित एवम् दिगो विकास’ को दृष्टिकोण लिएर मैदानमा

न्यौपानेले आफ्नो चुनावी एजेन्डाको रुपमा ‘हरित एवम् दिगो विकास’ को बृहत् दृष्टिकोण अघि सारेका छन् । वातावरण विनाश गरेर गरिने विकासको विरोधी रहेका उनले वातावरण, मानिस र विकासबीच सन्तुलित समन्वय हुनुपर्ने मान्यता बोकेका छन् । पर्यावरणीय विनाश, जलवायु परिवर्तन र त्यसले निम्त्याएको सङ्कटले विपन्न तथा निम्न वर्गीय तप्काका मानिसहरू बढी प्रताडित भएका छन् ।

उनले पर्यावरणीय मुद्दा पनि राजनीतिक सङ्घर्षको केन्द्रमा आउनुपर्ने भन्दै त्यसैमा जोड दिएका हुन् । गोरखाजस्तो हिमाली जिल्ला जलवायु परिवर्तनको उच्च जोखिममा रहेका कारण हरेक विकास निर्माणका काममा उच्च संवेदनशीलता अपनाउनुपर्नेमा उनको जोड छ । प्राकृतिक स्रोतको जग्गा गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु नै समृद्धिको आधार हो भन्ने आफ्नो ठम्याइ रहेको उनले बताए । वातावरणीय सङ्कटप्रति सचेत रहँदै भविष्यको पुस्ताका लागि पृथ्वीलाई सुरक्षित राख्नुपर्नेमा आफु दृढ रहेको उनले उल्लेख गरे ।

त्यसकारण आफुले गोरखाको विकासका लागि ‘हरित विकास’ को अवधारणा अघि सारिएको उनले स्पष्ट पारे । ‘गोरखाको भौगोलिक संवेदनशीलता र पर्यावरणको संरक्षण मेरो प्रमुख एजेन्डा हो’ उनले भने, ‘वातावरण र विकासबीच सन्तुलन मिलाउने हरित विकासको स्पष्ट खाकासहित अन्धाधुन्ध डोजरे विकासको विकल्पमा वैज्ञानिक भौतिक पूर्वाधार निर्माणको पहल गर्छु ।’

शिक्षा, स्वास्थ्य र युवा स्वरोजगारमा जोड

न्यौपानेले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि अधिकतम प्रयत्न गर्दै सर्वसुलभ स्वास्थ्य सेवाको सुनिश्चितताका लागि पहल गर्ने प्रतिबद्धता गरेका छन् । उनले स्वरोजगार र उद्यमशीलता प्रवद्र्धन गर्न, स्थानीय स्रोत र सीपको उपयोग बढाउन, वैदेशिक निर्भरता घटाउँदै आन्तरिक अर्थतन्त्र सुदृढ गर्न मद्दत गर्ने भएकाले प्राविधिक र सीपमूलक शिक्षामा जोड दिइने उल्लेख गरेका छन् । यस्तो गर्दा शैक्षिक सुधार मात्रै नभई समग्र गोरखाको सामाजिक–आर्थिक रूपान्तरणको आधार पनि हुने भएकाले यसमा जोड दिइने बताइएको छ ।

युवाहरूलाई देशभित्रै रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न स्थानीय सम्भावनाको विस्तृत अध्ययन गर्ने पनि प्रतिबद्धता गरिएको छ । त्यसैरी गोरखा क्षेत्र नं. २ को उत्तरी भेगमा पर्यटन, मध्य भेगमा फलफूल तथा नगदे बाली र दक्षिणी भेगमा शैक्षिक केन्द्र बन्न सक्ने प्रचुर सम्भावनालाई नीतिगत र कार्यक्रमको रूपमा अगाडि बढाउने बताइएको छ ।

न्यौपानेले राजनीतिलाई व्यापार नभई विशुद्ध समाजसेवा बनाउने सङ्कल्प गरेका छन् । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने, बोली र व्यवहारमा एकरूपता हुने राजनीतिक संस्कृति निर्माणको अभियान सञ्चालन गर्ने, सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र जनमुखी बनाउन डिजिटाइजेसन आधारभूत सर्त भएकाले त्यसअनुरूपको नीति कार्यक्रम निर्माणका लागि पहल गर्ने पनि बताइएको छ ।

उनले दलित, महिला, जनजाति, मुस्लिम एवम् पछाडि पारिएका वर्गको अधिकारका लागि लड्ने आधारभूत वर्गको साथीको रूपमा आफु रहेको भन्दै सबै प्रकारका शोषण, उत्पीडन र विभेदविरुद्ध उपलब्ध सबै मञ्चमा निरन्तर आवाज उठाउने पनि प्रतिबद्धता गरेका छन् । सीमान्तीकृत तथा अल्पसङ्ख्यक समुदायको सशक्तीकरणका लागि भुइँ तहदेखि नै कार्यक्रमहरू तर्जुमा गर्ने उनको अठोट छ ।

मङ्गलबार, फागुन ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.