• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ६. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

युद्धमा होमियो मध्यपूर्व

  •   आइतबार, फागुन १७, २०८२ मा प्रकाशित

काठमाडौँ, फागुन १७ गते । अमेरिका र इजरायल मिलेर इरानमाथि सैन्य आक्रमण सुरु गरेका छन् । अमेरिका र इरानबिचको जेनेभा वार्ता असफल भएपछि शनिबार बिहानदेखि इरानको राजधानी तेहरानलगायत विभिन्न स्थानमा हवाई आक्रमण गरिएको हो ।

आफूमाथि भएको आक्रमणको प्रत्याक्रमण स्वरूप इरानले इजरायलसहित कतार, बहराइन, संयुक्त अरब इमिरेट्स र कुवेतमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । ती क्षेप्यास्त्रलाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट पारिदिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । इरानले प्रत्याक्रमण गरेपछि मध्यपूर्वका सबै हवाई उडान प्रभावित भएको एपीले जनाएको छ ।

इजरायलले प्रहार गरेको क्षेप्यास्त्र दक्षिण इरानस्थित दुई विद्यालयमा विस्फोट हुँदा ५१ जना विद्यार्थी मारिएको कतारस्थित अल जजिरा टेलिभिजनले जनाएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ठुलो सैन्य कारबाही सुरु गरिएको बताउँदै यस अवसरमा त्यहाँको अतिवादी सत्ता परिवर्तन गर्न इरानी नागरिकलाई आह्वान गर्नुभएको छ ।

अमेरिकी समाचार संस्था एपीले दुई जना अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरानमा भएको आक्रमणमा अमेरिकाको पनि संलग्नता रहेको बताएका छन् । गत वर्षको जुलाईमा इजरायल र इरानबिच युद्ध हुँदा अमेरिकाले इरानका आणविक केन्द्रहरूमा भीषण आक्रमण गरेको थियो ।

त्यति बेला इरानका ठुला तीन वटा आणविक केन्द्रमा अमेरिकाले शक्तिशाली जिबियु–५७ बम खसालेको थियो । अमेरिकाले त्यति बेलै कामै नलाग्ने गरी ध्वस्त बनाएको भनिएका आणविक केन्द्रहरूमा परमाणु कार्यक्रम पुनः सञ्चालन भइरहेको सार्वजनिक भएपछि अमेरिकाले इरानलाई परमाणु कार्यक्रम रोक्न दबाब दिँदै आएको छ ।

ओमान र जेनेभामा पटक पटकको वार्ता भए पनि इरान सहमतिमा नआएपछि अमेरिकाले इरानतर्फ मध्यपूर्वका विभिन्न क्षेत्रमा अत्याधुनिक युद्धपोतसहितको सैन्य शक्ति तैनाथ गरेको छ ।

अमेरिकी टेलिभिजन संस्था सिएनएनले पनि अमेरिकी अधिकारीहरूलाई उद्धृत गरेर इरानमा इजरायल र अमेरिकाले संयुक्त रूपमा आक्रमण गरेको जनाएको छ ।

तेहरानमा प्रत्यक्षदर्शीहरूले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको कार्यालयनजिक पहिलो विस्फोटको आवाज सुनेको बताएका छन् । सहरको केन्द्र भागबाट धुवाँका बाक्लो मुस्लो उठेको देखिएको छ ।

८६ वर्षीय खामेनी आक्रमणका बेला कार्यालयभित्र भए नभएको बारे तत्काल स्पष्ट हुन सकेको छैन । अमेरिकासँगको बढ्दो तनावका कारण उहाँ केही दिनयता सार्वजनिक रूपमा देखिनुभएको छैन ।

इरानी सरकारी टेलिभिजनले पनि विस्फोट भएको पुष्टि गको छ । यद्यपि हालसम्म भएको क्षतिबारे विवरण सार्वजनिक गरेको छैन । आक्रमणपछि इरानले आफ्नो हवाईक्षेत्र बन्द गरेको छ ।

इरानले यसअघि कुनै पनि आक्रमण भए अमेरिकी सैनिक र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडालाई निसाना बनाइने चेतावनी दिएको थियो । आफ्नो मुलुकमाथि आक्रमण भएसँगै इरानले जवाफी आक्रमण स्वरूप इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले विज्ञप्ति जारी गरी इरानबाट हानिएका क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले निस्तेज पारिरहेको जनाएको छ ।

इजरायलले इरानमा हमला गरेलगत्तै देशव्यापी आपत्काल घोषणा गरिसकेको छ । इरानमा हमला गरेलगत्तै इजरायलले हवाई प्रतिरक्षा प्रणाली पनि सक्रिय पारेको छ । आइडिएफले नागरिकहरूलाई सेनाको आह्वान र निर्देशन पालना गर्न आग्रह गरेको छ । “रक्षा प्रणाली पूर्ण अभेद्य हुँदैनन् । त्यसैले सर्वसाधारणले सेनाको अपिललाई पालना गर्नु अत्यावश्यक हुन्छ,” वक्तव्यमा भनिएको छ ।

इजरायली सञ्चार माध्यमले ठुलो सङ्ख्यामा इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र इजरायलको आकाशमा देखिएको जनाएका छन् । यो आक्रमणलाई इजरायलले अपरेसन रोअर लायन (सिंहको गर्जन) नाम दिएको छ ।

अमेरिकाका राष्ट्रपति ट्रम्पले पछिल्ला दिनमा इरानको आणविक कार्यक्रम नियन्त्रणमा ल्याउने उद्देश्यले सम्झौता चाहनुभएको थियो । इरान भने युरेनियम संवर्धन गर्ने आफ्नो अधिकार कायम राख्न चाहन्छ । उसले लामो दुरीका क्षेप्यास्त्र कार्यक्रम, हमास तथा हेजबुल्लाह जस्ता सशस्त्र समूहलाई दिइरहेको समर्थनबारे थप वार्ता गर्न इच्छुक देखिएको छैन ।

इजरायलले आक्रमण जारी राख्दा तेहरानमा थप विस्फोटका आवाज सुनिएको समाचारमा जनाइएको छ ।

इरान र इजरायलको भ्रमण नगर्न आग्रह 

नेपाल सरकारले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै नेपाली नागरिकलाई इजरायल र इरानको भ्रमण तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार ट्राभल एड्भाइजरी जारी गर्दै दुवै देशको स्थिति सामान्य नभएसम्म भ्रमण नगर्न र त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । मन्त्रालयले इजरायल र इरानका सम्बन्धित निकायले जारी गरेका सुरक्षासम्बन्धी निर्देशन र सल्लाहको पूर्ण रूपमा पालना गर्न, सकेसम्म घरभित्रै रहन, सतर्कता अपनाउन, सावधानी अपनाउन र आफ्नो क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आग्रह  गरेको छ ।

इजरायल र इरानका आधिकारिक निकायको पूर्वस्वीकृतिबिना यात्रा नगर्न, काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र दोहास्थित नेपाली राजदूतावासको सम्पर्कमा रहन, इजरायल वा इरान भ्रमणको योजना बनाएका नेपाली नागरिकलाई दुवै देशको स्थिति सामान्य नभएसम्मका लागि आफ्नो भ्रमण स्थगित गर्न, मध्यपूर्वका अन्य देशमा बसोबास गरिरहेका र कार्यरत नेपाली नागरिकलाई पनि घटनाक्रमको निरन्तर अनुगमन गर्न  आग्रह गरेको छ ।

आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ६.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.