• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ६. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • १०. सामूहिक प्रयासमा फूलखेती

सत्कारले लोभिन्छन् घरबासका पाहुना

  •   बुधबार, फागुन २०, २०८२ मा प्रकाशित

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला हातमा लिएर दैलोमा उभिएका थिए । गाउँघरको खेतीपाती, घरधन्दा सकेर आराम गर्ने साँझमा पाहुनालाई स्वागत सत्कारमै व्यस्त हुन्छन् बागलुङको भकुण्डेस्थित अतिथि सत्कार घरबासका सञ्चालक ।

बागलुङ बजारमा जन्मिएर कर्मथलो अमेरिका बनाउँदै आएकी अनुसिया श्रेष्ठ पहिलोपटक घरबास पुग्दा स्वागत र सत्कारले दङ्ग परिन् । बागलुङकै पहिलो सामुदायिक घरबासमा पुगेकी श्रेष्ठलाई साँझ सयपत्री फूलको मालाले स्वागत गरियो भने भोलिपल्ट लालीगुराँस फूल दिएर बिदाइ गरेको क्षणले मन लोभ्यायाे ।

“गाउँघरको रमाइलो पल, अग्र्यानिक खानाका परिकार, फूलमालाको स्वागत तथा लालीगुराँसको बिदाइ, बिहानै मूलाबारी भ्यूप्वाइन्टको सूर्योदयले मन लोभ्यायो”, श्रेष्ठले भनिा्, “३३ वर्ष अमेरिका बसेँ, नेपालजस्तो आनन्द अन्त छैन, घरबासमा आउने सडक भने सुधार गर्न आवश्यक देखिएको छ, गुन्द्रुक, कोदोको रक्सी, कोदोको ढिडोसँगै अग्र्यानिक खानाका परिकारले अमेरिका नै भुलायो मलाई ।” लालीगुराँस भनेपछि आन्तरिक र बाह्य पर्यटक हुरुक्कै भएपछि यहाँका घरबास (होमस्टे)ले पर्यटकको स्वागत सत्कारमा लालीगुराँस फूलको प्रयोग गर्न थालेपछि पाहुनाहरू मोहित भएका छन् ।

पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डे घरबासमा पुग्ने पाहुनालाई त्यहाँको स्वागत सत्कारले निकै आकर्षित गर्ने गरेको छ । भकुण्डेको वनमा ढपक्कै फुलेको लालीगुराँस फूल टिपेर त्यहाँका स्थानीयले घरबासमा आउने पाहुनालाई स्वागत गर्ने गरेका छन् । बजारमा लालीगुराँस नदेखेका पर्यटकलाई राष्ट्रिय फूल लालीगुराँसले पर्यटकलाई थप मोहित पार्ने भन्दै चैतवैशाखमा लालीगुराँसले स्वागत गर्ने गरेको घरबासका सञ्चालक बताउँछन् ।

जिल्लामै पहिलोपटक २०६८ सालमा घरबासको स्थापना गरेका भकुण्डे गाउँका स्थानीय अहिले घरबासमा आउने पाहुनालाई रिझाउन व्यस्त हुने गरेका अतिथि सत्कार घरबासका सञ्चालक अप्सरा थापा बताउछिन् । मगर समुदायको बस्ती भएको भकुण्डे गाउँमा मगर समुदायको संस्कृति तथा विभिन्न पर्यटकीयस्थल, मूलाबारी दृश्यावलोकन स्तम्भ, बराह ताल, हीराताल हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक भकुण्डे आउने गरेका छन् । भकुण्डेमा हाल नौ घरमा घरबास कार्यक्रम सञ्चालन भइरहेको छ ।

“सुरुमा पाहुनालाई कसरी स्वागत, सत्कार गर्ने भन्ने ज्ञान थिएन”, थापाले भनिन्, “अहिले घरबास व्यवस्थापनसम्बन्धी तालिम प्राप्त भइसकेपछि धेरै कुराको ज्ञान भयो”, थापाले मौसमअनुसार फुलेका फूलमध्ये पाहुनाले लालीगुराँस अत्यधिक रुचाउने गरेका कारण वनमा गएर स्वागतका लागि लालीगुराँस ल्याउने गरेको बताइन् ।

घरबासमा आउने पाहुनालाई आकर्षित गर्न यहाँका समुदायले भकुण्डे जनजाति सङ्ग्रहालयसमेत स्थापना गरेका छन् । बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको पैदल तथा समुद्री सतहदेखि दुई हजार १५० मिटरको उचाइमा रहेको चारतले पक्की दृश्यावलोकन स्तम्भ निर्माणसँगै घसबासमा बसेर बिहानै सूर्योदय हेर्न आउने पर्यटक वृद्धि हुन थालेको वडाध्यक्ष प्रेम थापाले बताए ।

यहाँको स्वागतसँगै स्थानीय खाना, मूला, आलु, सिन्की, लोकल कोदोको रक्सी, मकै, कोदो, भटमासलगायतका स्वादिष्ट परिकारले मनै लोभ्याएको घरबास पुगेका पर्यटक करिष्मा क्षेत्रीले बताइन् । पर्यटक स्वागतमा सयपत्री फूलको माला तथा बिदाइमा लालीगुराँसको फूल उपहारस्वरुप प्रदान गरिने घरबास सञ्चालक यामबहादुर थापाले बताए ।

भकुण्डेमा पछिल्लो समय इटाली, न्यूजील्याण्ड, जापान, अष्ट्रेलिया, कोरियालगायत देशबाट पनि पर्यटक आउन थालेका छन् । मिलेको भूबनोट, भकुण्डेबाट देखिने एक दर्जन बढी हिमशङ्खला, मगर कला, संस्कृति भकुण्डेको पहिचान नै बनेको छ । बागलुङ नगरका पर्यटकीय क्षेत्रलाई उजागर गर्न बागलुङ नगर पर्यटन विकास समितिले पत्रकार र निजी क्षेत्रलाई हालै भकुण्डे घरबाससमेत पुर्याएको नगर उपप्रमुख तथा नगर पर्यटन विकास समितिका संयोजक राजु खड्काले जानकारी दिए ।

बुधबार, फागुन २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ६.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.