चितवन : मौन अवधिमा उम्मेदवारको प्रचार हुने ढंगले सामग्री सामाजिक सञ्जालमा राखेको आरोपमा प्रहरीले टिकटकर रतन कार्कीसँग सोधपुछ गरेको छ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको आशंकामा बुधबार उनलाई बोलाएर सोधपुछ गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवन का डीएसपी तथा प्रवक्ता रवीन्द्र खनाल ले कार्कीलाई आवश्यक सोधपुछपछि छाडिएको जानकारी दिए।
प्रहरीले मौन अवधिमा सार्वजनिक गरिएको उम्मेदवारसम्बन्धी सामग्री सामाजिक सञ्जालबाट हटाउन लगाएको बताइएको छ।
निर्वाचनको मौन अवधिमा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गर्न नपाइने व्यवस्था रहेको छ।
तपाईको प्रतिक्रिया


