• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • १०. सामूहिक प्रयासमा फूलखेती

भारत फेरि टि–२० विश्वकप च्याम्पियन

  •   सोमबार, फागुन २५, २०८२ मा प्रकाशित

काठमाडौँ, फागुन २५ गते  । भारतले फेरि टि–२० विश्वकप च्याम्पियन बनेको छ । यो जितसँगै भारत घरेलु मैदानमा टि–२० विश्वकप जित्ने पहिलो टिम बनेको छ । आइतबार न्युजिल्यान्ड र भारतबिच सम्पन्न खेलको उपाधि चुमेपछि लगातार दोस्रो पटक उपाधि चुम्ने टिमको इतिहास पनि भारतले बनाएको छ ।

यसअघि दुई पटक विश्वकप जित्ने टिम भए पनि लगातार जित्ने टिम थिएन । यसै गरी तीन पटक सबैभन्दा छोटो संरचनाको विश्वकप जित्ने गौरव हासिल गर्ने टिम पनि भारतै बनेको छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रङ्गशालामा एक लाखभन्दा बढी दर्शकको उपस्थितिबिच न्युजिल्यान्डलाई ९६ रनले हराएर टि–२० विश्वकपको दसौँ संस्करणको च्याम्पियन बनेर भारतले यी तिनै कीर्तिमानमा आफ्नो नाम लेखाएको छ ।

सन् २००७ मा टि–२० विश्वकपको पहिलो संस्करणमै विजेता बनेपछि भारतले दोस्रो पटक च्याम्पियन बन्न १७ वर्ष तथा नौ संस्करण कुर्नु परेको थियो । सन् २०२४ मा दक्षिण अफ्रिकालाई हराएर दोस्रो पटक टि–२० विश्वकप विजेता बनेको भारतले तेस्रो पटक उपाधि जित्न भने समय लगाएन । भारत टि–२० विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्यो । न्युजिल्यान्डको भने पहिलो पटक च्याम्पियन बन्ने सपना पूरा भएन । सन् २०२१ मा पनि न्युजिल्यान्ड फाइनल अस्ट्रेलियासँग निराश बनेको थियो ।

भारतलाई फाइनलमा टस हार्नु वरदानै सावित भयो । न्युजिल्यान्डका कप्तान मिचेल सान्तनरबाट ब्याटिङको निमन्त्रणा पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २५५ रनको विशाल स्कोर बनायो । भारतको ब्याटिङ सकिँदा टिम खुसी थिएन । भारत अझ ठुलो स्कोरतर्फ अग्रसर थियो । पहिलो पावर प्ले सकिँदा भारत बिनाविकेटको क्षतिमा ९२ रनको स्थितिमा थियो ।  यस विश्वकपमा पावर प्लेमा बनेको यो सर्वाधिक रन हो । १५ ओभर सकिँदा एक विकेटको क्षतिमा २०३ रन बनाएको भारतको फिनिसिङ अपेक्षा अनुरूप हुन सकेको थिएन ।

जिमी निसमले १६ औँ ओभरमा तीन विकेट लिएपछि भारतको रन बनाउने गति केही सुस्त भएको हो । सो ओभरमा निसमले प्रारम्भिक ब्याट्सम्यान सञ्जु सामसन, इशान किसन र कप्तान सूर्यकुमार यादव (०) लाई पभेलियन फर्काउनुभयो । सामसन र किसनले आउट हुनुअघि क्रमशः ८९ र ५४ रनको आकर्षक पालि खेलिसक्नुभएको थियो ।

सामसनले ४६ बलको सामना गरी पाँच चौका र आठ छक्का तथा किसनले २५ बल खेलेर चार चौका र चार छक्का प्रहार गर्नुभयो । सञ्जुको यो लगातार तेस्रो अर्धशतक हो । सञ्जुले नकआउटमा परिणत भएको सुपर आठको अन्तिम खेलमा वेस्ट इन्डिजविरुद्ध अविजित ९७ र सेमिफाइनलमा इङ्ग्ल्यान्डविरुद्ध ८९ रन बनाएर भारतलाई फाइनलमा पु¥याउनुभएको थियो । यस प्रतियोगिताको सुरुका खेलमा टिममा नपरेका सञ्जु प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी बन्नुभयो । सञ्जुले पाँच खेलमा ८०.२५ रनको औसत र १९९.३७ को स्ट्राइक रेटमा कुल ३२१ रन बनाउनुभयो । उहाँ सर्वाधिक रनकर्ताको सूची पाकिस्तानका साहिबजादा फरहान र न्युजिल्यान्डका टिम सिफर्टपछि तेस्रो स्थानमा रहनुभयो ।

सञ्जुसँगै सुरुमै क्रिजमा आएका अभिषेक शर्माले पनि २१ बलमा ५२ रनको अविस्मरणीय पालि खेल्नुभयो । अभिषेकको पालिमा तीन छक्का र छ चौका सामेल थियो । यसै गरी शिभम दुवेले पनि आठ बलमा अविजित २६ रन बनाएर उपयोगी योगदान दिनुभयो ।

न्युजिल्यान्ड जवाफमा एक ओभर बाँकी छँदै १५९ रनमा अलआउट भयो । तेज बलर जस्प्रित बुमराहले चार ओभरमा मात्र १५ रन खर्चेर चार विकेट लिएपछि न्युजिल्यान्ड कुनै पनि समय लक्ष्य पछ्याउने स्थितिमा देखिएन । स्पीनर अक्सर पटेलले पनि तीन विकेट लिनुभयो । न्युजिल्यान्डका लागि प्रारम्भिक ब्याट्सम्यान सिफर्ट र कप्तान सान्तनरले मात्र उल्लेखलायक पालि खेल्नुभयो । सिफर्टले २६ बलमा दुई चौका र पाँच छक्का प्रहार गरेर ५२ रन बनाउनुभयो । सान्तनरले ४३ रनको पालि खेल्नुभयो । यी दुईबाहेक डेरिल मिचेल (१७ रन) ले मात्र दोहोरो अङ्कमा रन बनाउन सक्नुभयो ।

बुमराह शानदार बलिङपछि प्लेअर अफ दी म्याच बन्नुभयो । बुमराह फाइनलमा चार विकेट लिएर सर्वाधिक विकेटकर्ताको सूचीमा शीर्षस्थानमा उक्लनुभयो । बुमराह र भारतकै स्पीनर वरुण चक्रवतीले सर्वाधिक १४–१४ विकेट लिनुभएको थियो । पाकिस्तानका साहिबजाद फरहान शीर्षरनकर्ता बन्नुभयो । उहाँले सर्वाधिक ३८३ रन बनाउनुभयो ।

च्याम्पियन भारत ट्रफीसहित ३० लाख अमेरिकी डलर पुरस्कारको हकदार बन्यो । जुन अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि हो ।

उपविजेता न्युजिल्यान्डले १६ लाख अमेरिकी डलरमा चित्त बुझायो । यसै गरी आइसिसीले समूह चरणबाट बिदा हुने टिमलाई प्रदान गरिने दुई लाख ५० हजार अमेरिकी डलर नेपालले पनि प्राप्त गरेको थियो । यस विश्वकपमा नेपालले इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज र इटालीसँग हार बेहोरेको थियो भने स्कटल्यान्डलाई पराजित गरेको थियो ।

सोमबार, फागुन २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.