• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  •   बिहिबार, चैत १२, २०८२ मा प्रकाशित

सप्तरी- सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उहाँको जीवनको लय मोडियो । राउतले करिब १० वर्षसम्म चुलोचौको, खेतीपाती र पारिवारिक जिम्मेवारीमै बित्यो ।

योबीचमा जिम्मेवारीले पढ्ने रहर ओझेलमा पर्‍यो, तर त्यो रहर अन्त्य भइसकेको थिएन । उहाँले फेरि अध्ययन सुरु गर्नुभयो र २०६७ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । राउतको औपचारिक अध्ययनको यात्रा त्यत्तिमा रोकिएन, घर नजिकै शिशुवारी क्याम्पस खुलेपछि उहाँले ‘प्लस टू’ मात्र होइन, गत वर्ष स्नातक (बिएड) समेत उत्तीर्ण गर्नुभएको छ ।

“योबीचमा मैले विभिन्न गैरसरकारी सङ्घसंस्थामा काम गरेँ, यस क्रममा औपचारिक शिक्षाको महत्त्व बुझेँ । पढाइमा तल्लो तहमा हुँदा धेरै अवसरबाट वञ्चित भएको महसुस हुन्थ्यो । बाहिर गएर पढ्ने सम्भावना थिएन, तर घर नजिकै क्याम्पस खुलेपछि पढ्न सहज भयो”, राउतले खुसी व्यक्त गर्दै अगाडि भन्नुभयो, “अब यही स्नातकोत्तर पनि सञ्चालन भएमा पढाइलाई अझ अगाडि बढाउने चाहना छ । चाँडै त्यो सपना गर्ने अपेक्षामा छु ।”

यस्तै, कथा डिकुरा पोखरेलको पनि छ । १५ वर्षअघि उदयपुरको गाईघाटस्थित त्रियुगा क्याम्पसबाट १२ कक्षाको अन्तिम परीक्षामा उहाँलाई एउटा विषय लाग्यो । त्यहीबीचमा विवाह भयो र पढाइ रोकियो । पछि सुरुङ्गास्थित घर नजिकै शिशुवारी क्याम्पस खुलेपछि पोखरेलले पुनः १२ कक्षा उत्तीर्ण गरी नेपाली विषयमा स्नातक गर्नुभयो र हाल स्नातकोत्तर सकेर अध्यापन गराइरहनुभएको छ ।

सुमित्रा र डिकुरा त प्रतिनिधि पात्र मात्र हुन् । गाउँमै क्याम्पस स्थापना भएपछि उहाँहरूजस्तै सयौँ छोरी–बुहारीले यहाँ आफ्ना अधुरा सपनालाई पूरा गर्ने अवसर पाएका छन् । सप्तरीको उत्तर–पश्चिमी सीमान्त गाउँ शिशुवारीमा अवस्थित यो क्याम्पस स्थानीयको पसिना र चन्दाबाट ठडिएको हो । विसं २०६९ साउन १५ गते त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएको यस क्याम्पसले उच्च शिक्षाको ढोका खोलिदिएको छ । हाल यहाँका ३०० भन्दा बढी बुहारीहरू स्नातक उत्तीर्ण भई कोही निजामती सेवा त कोही शिक्षण पेसामा प्रवेश गरेर आफ्नो संसार आफैँ बदल्न सफल भएका छन् ।

क्याम्पस प्रमुख कृष्णप्रसाद तिम्सिनाका अनुसार यहाँ सप्तरीका मात्र होइन, छिमेकी जिल्ला सिरहा, उदयपुर, खोटाङ, सुनसरी र मोरङसम्मका छात्राहरू लाभान्वित भइरहेका छन् । “यहाँको गाउँले वातावरण, न्यून शुल्क र सुरक्षित वातावरणले गर्दा बुहारीहरूका लागि यो क्याम्पस माइतीको घरजस्तै बनेको छ”, उहाँ भन्नुहुन्छ ।

क्याम्पस प्रमुख तिम्सिनाका अनुसार आर्थिक रूपमा कमजोर परिवारका लागि वार्षिक रु १४ हजार मात्र शुल्क निर्धारण गरिएकाले यो क्याम्पस अन्य सामुदायिक क्याम्पसभन्दा करिब ३० प्रतिशत सस्तो र सहज पहुँचयोग्य बनेको छ । साथै, अतिविपन्न विद्यार्थीलाई निःशुल्क भर्ना गर्ने व्यवस्था पनि गरिएको छ । क्याम्पसको यो गुणस्तरीय र सुलभ शिक्षाले धेरैको जीवनमा व्यावसायिक परिवर्तन ल्याएको छ ।

उदयपुरको मुर्कुचीबाट विवाह गरी आएकी टुना माया मगरले यहीबाट स्नातक गरी शिक्षक सेवा आयोग उत्तीर्ण गर्नुभएको छ । हाल उहाँ जनप्रभावत मावि दौलतपुरमा स्थायी शिक्षिका हुनुहुन्छ । यस्तै, दुई वर्षअघि यही अध्ययन गर्नुभएकी मनिशा विकले पनि शिक्षक सेवा उत्तीर्ण गरेर राष्ट्रिय प्राविमा अध्यापन गराइरहनुभएको छ ।

यस्तै, कथा छ प्रेमा थापामगरको पनि । उहाँले शिशुवारी क्याम्पसमा प्लस टू अध्ययन गरे पनि त्यतिबेला क्याम्पसमा स्नातक तह सञ्चालन नभएकाले लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसबाट स्नातक गर्नुभयो । “त्यतिबेला यहाँ स्नातक तहको अध्ययन हुन्थेन, त्यसैले बाहिर बसेर पढ्नुपर्‍यो । हाल भने धेरै दिदीबहिनीहरूले गाउँमै पढ्न पाएका छन्, त्यो देख्दा खुसी लाग्छ,” उहाँले भन्नुभयो, “हाल शिशुवारीमा स्नातक नगर्ने कुनै घर छैन, यो यस क्याम्पसको गौरव हो ।”

लहान माइती भएकी करिनाकुमारी महतोले गत वर्ष बिहे गरेर शिशुवारी आएपछि पनि अध्ययनलाई छोड्नुभएन । हाल कक्षा १२ मा अध्ययनरत उहाँलाई वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका श्रीमान् कृष्ण महतोले उत्तिकै हौसला दिइरहनुभएको छ । “खेतीपाती र पशुपालन गर्ने बुबाआमाले बाहिर राखेर पढाउन सक्ने अवस्था थिएन । हाल घरको काम भ्याएर पनि पढ्न पाएकी छु, घरपरिवार सबै खुसी हुनुहुन्छ”, महतोले भन्नुभयो ।

शिशुवारी क्याम्पसले सुरुङ्गाका छोरी–बुहारीहरूका लागि केवल ‘डिग्री’ मात्र बाँडेको छैन, एउटा आत्मविश्वास र आत्मनिर्भरताको बाटो पनि कोरिदिएको छ । पारिवारिक उल्झन र आर्थिक अभावका कारण बीचैमा पढाइ छाडेर गृहिणीमा सीमित भएकाहरू हाल उच्च शिक्षा हासिल गर्ने सपना देखिरहेका छन् ।

मट्ठीदानबाट ठडिएको ‘ज्ञानको मन्दिर’

यो परिवर्तनको कथा त्यतिबेला सुरु भयो, जब गाउँमा ‘ज्ञानको मन्दिर’ ठड्याउन स्थानीयले मुट्ठीदान सुरु गरे । लहानका गणपतलाल सारडाले २१ कट्ठा जग्गा दान गरेपछि सुरु भएको यो अभियानमा स्थानीय नारायणप्रसाद पराजुलीले रु तीन लाख बराबरको जग्गा थग्नुभयो । अन्य गाउँलेले गच्छेअनुसार रु १० हजारदेखि ५१ हजार रुपैयाँसम्म नगद सहयोग गरे ।

क्याम्पसका लेखापाल ज्ञानेन्द्र धमलाका अनुसार १४ वर्षको अवधिमा स्थानीयबाट मात्र रु १७ लाखभन्दा बढी नगद सहयोग जुटेपछि विद्यालयको विकासमा सहयोग पुगेको हो । ‘स्थानीयको अपनत्व’ का कारण क्याम्पसले स्थानीयस्तरमा गुणस्तरीय शिक्षा दिन सहज भएको उहाँको भनाइ छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं सुरुङ्गा–१ का वडाध्यक्ष छत्रबहादुर राउत (राजकुमार) क्याम्पसले विभिन्न बाधा झेलेर पनि स्थानीयमा शिक्षाको ज्योति बाल्न योगदान गरिरहेको बताउनुहुन्छ । “मैले जिम्मेवारी लिँदा भवन जीर्ण थियो, शिक्षकहरूको तलब झन्डै दुई लाख बक्यौता थियो र जम्मा १० जना विद्यार्थी मात्र थिए”, उहाँ विगत कोट्याउनुहुन्छ,“तर हार नखाई चलाइएको घरदैलो अभियानले ५२ जना छोरी–बुहारीलाई क्याम्पस भर्ना गरायो । शिक्षकहरूले महिनौँसम्म तलब नपाउँदा पनि कक्षा रोकेनन्, जसको नतिजास्वरूप आज यो क्याम्पस कोशी प्रदेशमै बिएडतर्फको नतिजामा पहिलो हुन सफल भएको छ ।” राउतको यो तेस्रो कार्यकाल हो ।

यही क्याम्पसको स्नातक पहिलो ब्याचका विद्यार्थी एवं हाल सञ्चालक समिति सदस्य काशि कार्कीका अनुसार यहाँ पढेका कैयौँ विद्यार्थीहरू नेपाल सरकारको निजामती सेवामा प्रवेश गरेर राष्ट्र सेवामा जुटिसकेका छन् । कुनै समय सामान्य लेखपढ मात्र भएको यो गाउँमा हाल प्रायः हरेक घरमा कम्तीमा एकजना स्नातक उत्तीर्ण छोरी वा बुहारी भेटिन्छन् । “यो अभियानको सबैभन्दा ठूलो सफलता हो । हाल तराई मधेस समृद्धि कार्यक्रममार्फत बनेको पक्की भवनमा कक्षा सञ्चालन भइरहेको छ भने भारतीय दूतावासको रु पाँच करोड लागतमा निर्माणाधीन तीनतले अत्याधुनिक भवन आगामी वैशाखमा उद्घाटन गर्ने तयारी छ । यी पूर्वाधार बनेमा थप सहज हुनेछ”, उहाँले भन्नुभयो ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बिएड र प्लस टूतर्फ शिक्षा र व्यवस्थापन सङ्कायको अध्ययन अध्यापन भइरहेको यस क्याम्पसले विद्यार्थीलाई कम्प्युटरको आधारभूत सीप र शिक्षक सेवा आयोगको तयारी कक्षासमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । क्याम्पस प्रमुख तिम्सिनाका अनुसार हाल यहाँ प्लस टूतर्फ २०० र स्नातकतर्फ २२५ जना विद्यार्थी अध्ययनरत छन्, जसमा छोरी–बुहारीहरूको बाहुल्यता छ ।

स्थानीयको चन्दा र गाँस काटेर गरिएको सहयोगबाट सञ्चालित यस क्याम्पसले विपन्न परिवारका छोरी–बुहारीहरूका लागि वास्तवमै अँध्यारोमा एउटा उज्यालो दियोको काम गरिरहेको छ । चुलोचौकोको धुवाँबाट निस्किएर उच्च शिक्षासम्म पुग्ने यहाँका छोरी—बुहारीहरूको यात्राले शिशुवारीलाई केवल एउटा शैक्षिक संस्था मात्र होइन, सामाजिक परिवर्तनको एउटा बलियो केन्द्र बनाएको छ ।

बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.