• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ७. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ९. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

  • १०. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

नेपालीको उद्धार गर्न विशेष उडान

  •   शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित

काठमाडौँ, चैत २० गते । सरकारले पश्चिम एसियामा जारी द्वन्द्वका कारण प्रभावित बनेका नेपाली नागरिकको उद्धारका लागि नेपाली ध्वजावाहक नेपाल वायु सेवाको विशेष उडान परिचालन गर्ने भएको छ ।

पश्चिम एसियाका कतिपय देशबाट राम्ररी विमान उडान नहुँदा नेपाल फर्कन चाहेका कैयौँ नेपाली नागरिक ती क्षेत्रका विभिन्न मुलुकमा अलपत्र छन् । परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा गत मङ्गलबार चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायु सेवा निगमका उच्चपदस्थ अधिकारीसहितको संयुक्त बैठकमा पश्चिम एसियामा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउने तथा आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफलमा उद्धार गर्ने सहमति जुटेको थियो ।

सोही सहमति अनुसार यसरी नेपाली नागरिकको उद्धारका लागि नेपाली ध्वजावाहक विमान पठाउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालको अनुरोधमा नेपाल वायु सेवा निगमले चैत २० देखि २२ गतेसम्म लगातार वायु सेवा निगमले जहाजको विशेष उडान कार्यसूची तय गरेको छ । पश्चिम एसियामा विद्यमान तनाव तथा सुरक्षा अवस्थाका कारण यी क्षेत्रमा नियमित उडान गत फेब्रुअरी २८ तारिखदेखि स्थगित भएका थिए ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार चैत २० गते काठमाडौँबाट नेपाल वायु सेवाको आरए २२९ कल साइन भएको विमान दुबई जाने भएको छ । उक्त विमानमा आउन पहिले नै टिकट बुक गराएका नेपाली नागरिकसहित आउन चाहनेले समयमै सम्पर्क गर्न भनिएको छ । चैत २१ गते दुबईबाट आरए २३० नम्बरको विमान नेपाल आउने कार्यतालिका रहेको छ । चैत २२ गते काठमाडौँबाट आरए २४१ नम्बरको विमान साउदी अरेबियाको दमाम जाने तय भएको छ । दमामबाट सोही दिन आरए २४२ नम्बरको जहाज नेपाल आउने कार्यसूची रहेको छ ।

विमान पठाउने निर्णय भएको भोलिपल्ट बुधबार कुवेत एयरवेजको एउटा जहाजमा २९१ यात्रु स्वदेश फर्किएका थिए । उक्त विमानमार्फत नै विगतमा अन्य कारणले मृत्यु भएका नौ जना नेपाली नागरिकको शव ल्याइएको थियो । पश्चिम एसियाका विभिन्न मुलुकबाट कति नेपाली फर्कन चाहेका छन् र अबको तीन दिनमा कसरी फर्काउन सकिन्छ भनेर तथ्यगत गृहकार्यमा त्यहाँस्थित राजदूतावास जुटेका छन् ।

मन्त्रालयस्थित पश्चिम एसिया, मध्यएसिया र अफ्रिकी महादेश महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार हालसम्म साउदी अरेबियाबाट ६५०, कुवेतबाट १६० र बहराइनबाट एक सय जनाले स्वदेश फर्कन चाहेको अहिलेसम्मको जानकारीमा आएको बताउनुभयो । संयुक्त अरब इमिरेट्सबाट वायु सेवाको जहाजमा आउन चाहने बढीजसो भिजिट भिसामा घुम्न गएका नेपाली नागरिक रहनुभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कति छन् भन्ने विषयमा कतिपयले आफैँ टिकट काटिसकेको पाइएको छ भने अन्यको बारेमा तथ्य सङ्कलन गर्ने काम भइरहेको छ ।”

उक्त उडानको व्यवस्था गरेकोमा मन्त्रालयले नेपाल एयरलाइन्सलाई धन्यवाद ज्ञापन गरेको छ । उडान सञ्चालनका लागि आवश्यक बिमा व्यवस्था सहज बनाउन सहयोग पु¥याएकोमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडप्रति पनि मन्त्रालयले कृतज्ञता व्यक्त गरेको छ । पश्चिम एसियामा विद्यमान तनावको अवस्थामा समेत विशेष उडान सञ्चालन गर्न विदेशमा रहेका नेपाली नागरिकका परिवार तथा अन्य सरोकारवाला निकायले दबाब दिँदै आएका थिए ।

शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कृषाको फिल्ममा पल र प्रदीपसँग सिम्रन र जुनाको जोडी
‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक, सोनम र उपासनाको जोडी जम्यो
कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान
‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य
विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक
आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष

भर्खरै

  • १.
    कृषाको फिल्ममा पल र प्रदीपसँग सिम्रन र जुनाको जोडी

  • २.
    ‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक, सोनम र उपासनाको जोडी जम्यो

  • ३.
    कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान

  • ४.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ५.
    विजय बराल र अञ्जना बराइलीको आँसुमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक

  • ६.
    आजदेखि हलमा ‘पाँच पाण्डव’, दोस्रो दिनदेखि शो थपिने निर्देशक निरौलाको विश्वास

  • ७.
    क्रिस्टियानो रोनाल्डोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास, २३ वर्षे यात्रा समाप्त

  • ८.
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.