• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

देवघाटका अतिक्रमित टहरा हटाउन निर्देशन

  •   शनिबार, बैशाख २६, २०८३ मा प्रकाशित

तनहुँ, वैशाख २६ गते । तनहुँको पवित्र धार्मिक तीर्थस्थल देवघाटधामस्थित सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अस्थायी टहरा सात दिनभित्र हटाउन निर्देशन दिइएको छ । त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल ‘वेणी’ क्षेत्रमा विभिन्न प्रयोजनका लागि बनाइएका संरचना वैशाख ३० गतेभित्र हटाउन देवघाट क्षेत्र विकास समितिले निर्देशन दिएको हो ।

देवघाट गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरका अनुसार वेणी सङ्गम क्षेत्रको स्नानघाट संरक्षण तथा धार्मिक क्षेत्रको सौन्दर्यीकरणका लागि यो कदम चालिएको हो । वडा कार्यालयले बुधबार सूचना जारी गर्दै अतिक्रमण गरी बनाइएका टहरा हटाउन क्षेत्र विकास समितिलाई अनुरोध गरेको थियो ।

कुँवरले भन्नुभयो, “स्थानीय राजनीतिक दल तथा सरोकारवालाले पनि वेणी सङ्गम क्षेत्रमा जथाभावी निर्माण गरिएका संरचना हटाउन पहल गर्न वडा कार्यालयलाई आग्रह गर्दै आएका थिए । जनगुनासो र क्षेत्रको आवश्यकतालाई ध्यान दिँदै गाउँपालिकाको समन्वयमा यो निर्णय गरिएको हो ।”

सङ्गमस्थलको स्नानघाट संरक्षणका लागि निर्माण गरिएको पर्खालभन्दा तलको सार्वजनिक जग्गामा विभिन्न सङ्घसंस्था, जोगी, भिक्षु, पण्डित तथा व्यवसायीले अस्थायी टहरा बनाएका थिए ।

क्षेत्र विकास समितिका सदस्य रामहरि पुडासैनीले सात दिनभित्र टहरा नहटाए कानुनबमोजिम समिति आफैँले ती संरचना हटाउने जानकारी दिनुभयो ।

पछिल्लो समय देवघाट क्षेत्रमा बढ्दो अव्यवस्थित बसोबास र सार्वजनिक जग्गा अतिक्रमणले धार्मिक तथा पर्यटकीय गरिमामा असर पुगेको भन्दै गाउँपालिकाले यस कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ ।

गुठीको ३० रोपनी जग्गा अतिक्रमणमा
यसैबीच, प्रवक्ता कुँवरका अनुसार राम मन्दिर गुठीको नाममा रहेको १४९ रोपनी जग्गामध्ये ३० रोपनी अतिक्रमणमा परेको छ । उक्त जग्गामा ३७ घरधुरीका १०६ जना बसोबास गर्दै आएका छन् ।

गुठीको नाममा रहेको जग्गाको लालपुर्जा दिन नमिल्ने भएकाले उक्त जग्गा खाली गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । वास्तविक भूमिहीन सुकुम्बासीलाई सङ्घीय सरकारले नै जग्गा व्यवस्थापन गर्ने तयारी गरिरहेकाले गुठीको जग्गा छोड्न अनुरोध गरिएको उहाँको भनाइ छ ।

कुँवरले भन्नुभयो, “कहिँकतै जग्गा नभएका वास्तविक भूमिहीनलाई सरकारले लालपुर्जा दिने तयारी गरेको छ । त्यसैले गुठीको जग्गा खाली गर्न आग्रह गरेका छौँ ।”

घरायसी कागजपत्र बनाएर गुठीको जग्गा किनबेच गर्ने गरिएको पाइएको उल्लेख गर्दै उहाँले जोखिम मोलेर त्यस्तो खरिद–बिक्री नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “हुकुमबासीले जग्गा पाउँदैनन्, वास्तविक सुकुम्बासीले मात्रै कानुनअनुसार जग्गा पाउने सुनिश्चितता गरिएको छ । त्यसैले अतिक्रमित जग्गा खाली गर्न पालिकाले अनुरोध गरेको हो ।”

शनिबार, बैशाख २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.