• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ६. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

आजदेखि संसद्को बर्खे अधिवेशन

  •   सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित

 काठमाडौँ, वैशाख २८ गते । निर्धारित रूपमा सम्पन्न गर्नुपर्ने संवैधानिक र कानुनी दायित्वका कार्यसूचीको दबाबबिच सङ्घीय संसद्को बजेट (बर्खे) अधिवेशन आज (सोमबार) देखि सुरु हुँदै छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन सुरु हुनुका साथै सरकारको वार्षिक नीति तथा कार्यक्रम पेसका लागि संयुक्त सदनको बैठकसमेत बस्ने छ ।

बजेट अधिवेशनमा नियमित विधायिकी कामबाहेक संविधान, कानुन र संसद्को नियमावलीले तोकेको समयसीमाभित्र निश्चित काम सम्पन्न गर्नुपर्ने दायित्व संसद्लाई छ । विगतका वर्षभन्दा केही ढिला गरी अधिवेशन आह्वान भएकाले कार्यतालिकाको दबाबसमेत परेको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो । गिरीले भन्नुभयो, “अधिवेशनको प्रारम्भ र संयुक्त बैठकको समेत तयारी सचिवालयले गरिसकेको छ । विगतभन्दा केही ढिला अधिवेशन प्रारम्भ हुँदा हामीलाई कार्यतालिकामा भने दबाब छ ।”

मुख्य कार्यसूची

अधिवेशनमा संवैधानिक दायित्व अनुसार जेठ १५ गते सरकारका तर्फबाट वार्षिक बजेट पेस हुने छ । असार मसान्तसम्म बजेट पारित र प्रमाणीकरणको प्रक्रिया पूरा गर्नुपर्ने छ । यस्तै सरकारका तर्फबाट वार्षिक नीति तथा कार्यक्रम पनि बजेट अधिवेशनमा पेस र स्वीकृत हुने छ । वैशाख २८ गते नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त बैठकमा पेस हुने छ । यस्तै बजेटभन्दा पहिले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्रिबजेट) संसद्मा पेस र छलफल हुने छ ।

प्रतिनिधि सभा नियमावली २०७९ को नियम १४५(४) अनुसार संसद्मा बजेट प्रस्तुत हुनुभन्दा कम्तीमा १५ दिनअघि प्रि (पूर्व) बजेट छलफल सम्पन्न गर्नुपर्ने व्यवस्था छ तर संसद्ले यो पटक आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थामा टेकेर अर्थ मन्त्रालयमा बजेटमा सुझाव पठाउन पाउने एक साता पहिलेको समयसीमामा आधारित भई प्रिबजेट छलफल जेठमा गराउन लागेको छ । प्रतिनिधि सभाको स्वीकृत कार्यतालिका अनुसार वैशाख ३१ गते प्रिबजेट संसद्मा पेस गरी जेठ ४, ५ र ६ गते छलफल र पारितको सम्पूर्ण प्रक्रिया पूरा हुने छ ।

यस्तै यसबिचमा संसद् अधिवेशन नरहेका बेला सरकारको सिफारिसमा विभिन्न मितिमा राष्ट्रपतिद्वारा जारी भएका आठ वटा अध्यादेश पनि सोमबार नै संसद्का दुवै सदनमा पेस हुने छन् । बजेट अधिवेशनले नै अध्यादेश स्वीकृत र प्रतिस्थापनको प्रक्रिया पूरा गर्नुपर्ने दायित्व छ । संवैधानिक व्यवस्था अनुसार अध्यादेश संसद्मा पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित र प्रमाणीकरणको प्रक्रियासमेत पूरा गर्नुपर्ने छ ।

नियमित विधायिकी प्रक्रिया अन्तर्गत यसअघि सभामा पेस भइसकेको वैकल्पिक वित्त परिचालनसम्बन्धी विधेयकको प्रक्रिया अघि बढाउने कार्यसूची नियमित क्यालेन्डरमा तय भएको छ । यस्तै राष्ट्रिय सभाबाट पारित भई सन्देश टेबुल भएका राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक र चलचित्र विधेयकको विधायिकी प्रक्रिया पनि अघि बढ्ने छ । सरकारले प्राथमिकता क्रम अनुसार पहिलो चरणमा ४० भन्दा बढी विधेयकलाई संसद्मा पेस गर्ने गरी पहिलो प्राथमिकताको सूचीमा राखेको छ । सरकारको आवश्यकता अनुसार पहिलो प्राथमिकताका विधेयक पनि संसद्मा दर्ता र प्रक्रियामा अघि बढ्ने छन् । प्राथमिकता सूचीका अधिकांश विधेयक बजेट अधिवेशनका क्रममा संसदीय प्रक्रियामा प्रवेश हुने छन् । नियमावली मसौदा समितिले पेस गरेको प्रतिनिधि सभा नियमावली २०८३ को मसौदा पेस, छलफल र स्वीकृतसमेत अधिवेशनले गर्ने छ । नयाँ नियमावली स्वीकृत भएसँगै संसद्मा प्रश्नोत्तरलगायतका थप प्रक्रियासमेत अघि बढ्ने छन् ।

नीति तथा कार्यक्रम आज 

यसैबिच सङ्घीय संसद्को संयुक्त बैठकबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम आजै पेस हुँदै छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले नीति कार्यक्रम पेस गर्नुहुने छ । संसद् सचिवालयले नीति तथा कार्यक्रम पेसका लागि अपराह्न ४:०० बजे संयुक्त बैठकको सूचना सदस्यलाई दिइसकेको छ । दिउँसो ३:४५ बजे बैठक कक्षमा प्रवेश गरिसक्न सचिवालयले सदस्यलाई सूचित गरिसकेको छ । संसद्को अधिवेशन प्रारम्भकै दिन सरकारको नीति तथा कार्यक्रम पेस गर्न लागिएको हो ।

सचिवालयले तय गरेको कार्यतालिका अनुसार नीति तथा कार्यक्रममा वैशाख ३० गते छलफल तथा पारितको कार्यसूची रहेको छ । ३० गते नै कार्यक्रमको छलफल, संशोधन, जवाफ र पारितको कार्यसूची छ ।

सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष

  • ६.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.