• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ६. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

डिडिसी चिजको बजार प्रवर्धन हुने अपेक्षा

  •   आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित

काठमाडौँ, जेठ ३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत शनिबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडसी) को उत्पादन याक चिजसहितको तस्बिर सार्वजनिक गरेपछि यसको बजार प्रवर्धन हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाहले ‘से चिज, डिडिसीको चिज’ भन्दै आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा तस्बिर सार्वजनिक गरेपछि स्वदेशी उत्पादन प्रवर्धनमा ठुलो मद्दत पुग्ने आमबुझाइ बनेको छ ।

डिडिसीले उच्च पहाडी क्षेत्रमा पालिने चौँरीको दुधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्छ । वार्षिक रूपमा ३६ हजार केजी याक चिज उत्पादन गरिँदै आएको डिडिसीले जनाएको छ ।

डिडिसीले देशभरका १४ चिज उत्पादन केन्द्रबाट चिज उत्पादन गर्दै आएको छ । यीमध्ये आठ केन्द्रबाट याक चिज उत्पादन हुन्छ । डिडिसीका सूचना अधिकारी नीलकण्ठ गौतमले प्रधानमन्त्रीले याक चिज खाएको फोटो सार्वजनिक गरेपछि यसले बजार प्रवर्धन गर्न सहयोग पुग्ने बताउनुभयो । याक चिज हिमाली क्षेत्रमा उत्पादन हुने हुुँदा अन्यको तुलनामा महँगोसमेत पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

डिडिसीले रसुवाको लाङटाङ, चन्दनबारी र गोसाइँकुण्ड, दोलखाको चोर्दुङ, रामेछापको थोदुङ र देउराली, सोलुखुम्बुको पिके, इलामको पशुपतिनगर र फिक्कल तथा पाँचथरको पौवाभन्ज्याङलगायतका स्थानमा चौँरीको दुध सङ्कलन गरी चिज उत्पादन गर्दै आएको डिडिसीले जनाएको छ ।

वार्षिक ५५ लाख रुपियाँदेखि ६० लाख रुपियाँको तीन प्रकारका चिज बिक्री हुँदै आएको उहाँले जानकारी दिनुभयो । जुन आन्तरिक बजारमा खपत हुने गर्छ । डिडिसीले याक चिज, कञ्चन चिज, मोजरेल्ला चिज उत्पादन गदै आएको छ । याक चिज चौँरीको दुधबाट बनाइन्छ । कञ्चन चिज गाई र भैँसीको दुधबाट बन्ने गर्छ ।

डिडिसीका अनुसार याक चिज प्रतिकिलो एक हजार ८८० रुपियाँमा बिक्री भइरहेको छ । कञ्चन चिज प्रतिकेजी एक हजार दुई सय रुपियाँ र मोजरेल्ला चिज प्रतिकेजी नौ सय रुपियाँ मूल्य रहेको छ । चिज डिडिसिका विभिन्न बिक्री केन्द्रबाट बिक्री हुने गर्छ । याक चिज विदेशीले बढी रुचाउने भएकाले पनि पर्यटकीय क्षेत्रमा बढी खपत हुने गरेको डिडिसीले जनाएको छ । चैतदेखि कात्तिकसम्म चिजको उत्पादन भए पनि चिसो मौसम सुरु हुनासाथ उत्पादन बन्द हुन्छ । डिडिसीले पनिर पनि उत्पादन गर्दै आएको छ । निजी क्षेत्रले समेत चिज उत्पादन गर्दै आएका छन । डिडिसीले बजारमा चिजका साथै दुध, दही, घिउ, आइसव्रिmम, बटर, पनिर बिक्री गर्दै आएको छ ।

आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ६.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.