• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

सगरमाथामा नयाँ कीर्तिमान

  •   सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित

काठमाडौँ, जेठ ४ गते । नेपालको पर्वतारोहण इतिहासमा आइतबार दुई वटा ऐतिहासिक कीर्तिमान कायम भएका छन् । ‘एभरेस्ट म्यान’ उपनामले परिचित कामिरिता शेर्पा र ‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पाले सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै विश्वविख्यात आरोहीका रूपमा आफ्नो अदम्य साहस, अनुभव र समर्पणमार्फत पुनः विश्वसामु नयाँ कीर्तिमान बनाउनुभएको छ ।

पर्यटन विभागका अनुसार कामिरिताले (पुरुषतर्फ) ३२ औँ पटक र लाक्पाले (महिलातर्फ) ११ औँ पटक सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा विश्व कीर्तिमान कायम गर्नुभएको हो ।

विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, “सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो । आज कायम भएका दुई ऐतिहासिक उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर विशिष्ट, सम्मानित र गौरवपूर्ण बनाउन सहयोग पुगेको छ । आरोहीको साहसिक कार्यले अन्तर्राष्ट्रिय जगत्लाई सुरक्षित र साहसिक कार्यमा लाग्न प्रेरित मात्रै गरेको छैन, लैङ्गिक हिसाबले समेत नेपाली महिला साहसिक र चुनौतीपूर्ण कामका लागि कोहीभन्दा कम छैनन् भन्ने सन्देश प्रवाह गर्न बल पु¥याएको छ ।”

दुवै जना प्रख्यात आरोहीको सफलताले नेपालको पर्वतारोहण इतिहासमा एउटा गौरवपूर्ण अध्याय थपेको बताउँदै उहाँले सङ्ख्यात्मक रूपमा पुरुषभन्दा महिला आरोही कम भए पनि आरोहणतर्फ बढ्दै गएको महिलाको उत्साहजनक सहभागिता, सक्रियता र आत्मविश्वासले पर्वतीय पर्यटनले नयाँ उचाइ लिएको बताउनुभयो ।

पर्यटन विभागका अनुसार कामिरिताले आइतबार बिहान १०:१२ बजे र लाक्पाले ९:३० बजे सर्वोच्च शिखरको चुचुरोमा पाइला टेक्नुभएको हो । सन् १९७० जनवरी १७ मा सोलुखुम्बुको थामेमा जन्मिनुभएका कामिरिताले सन् १९९४ मा पहिलो पटक सगरमाथा चढ्नुभएको थियो । पछिल्ला हरेक वर्ष जस्तो चुचुरोमा पुग्दै आउनुभएका उहाँ गतवर्षको यही यामको आरोहण अन्तर्गत २०८२ जेठ १३ गते ३१ औँ पटक सर्वोच्च शिखरमा पुग्नुभएको थियो । त्यसअघि विसं २०८१ मा दुई पटक अर्थात् २९ औँ र ३० औँ सफल आरोहण गर्नुभएको थियो । त्यस्तै सन् १९७३ मा सङ्खुवासभा मकालु–२ मा जन्मिनुभएकी लाक्पाको कीर्तिमानले नेपालको पर्वतारोहण इतिहासमा नयाँ इँटा थपेको छ । यसअघि सन् २०२२ मा १० औँ पटक सगरमाथा आरोहण गर्नुभएकी उहाँले यस वर्ष आफ्नै कीर्तिमान तोड्नुभएको हो ।

४२५ महिलाले गरे साहस प्रदर्शन

सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ७३ वर्षको अवधिमा ७०४ महिला आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । विभागका ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर–२०२५’ अनुसार पछिल्लो एक दशकमा मात्रै ४२५ महिलाले सगरमाथामा आफ्नो साहस प्रदर्शन गरिसकेका छन् ।

सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो मानवपाइला सगरमाथामा टेके पनि महिला आरोहीको पाइला पुग्न भने अर्को २२ वर्ष पर्खनु परेको थियो । सन् १९७५ मे १६ मा जापानी आरोही जुन्को ताबेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोही बन्नुभएकोमा १८ वर्षपछि सन् १९९३ अप्रिल २२ मा सगरमाथाको शिखरमा पुगेर पासाङ ल्हामु शेर्पा पहिलो नेपाली महिला आरोही बन्नुभएको थियो । तर दुर्भाग्यवश शिखरबाट फर्किने क्रममा उहाँको निधन भएको थियो ।

विभागको तथ्याङ्क अनुसार सन् २०१६ मा ४४ जना महिलाले सगरमाथा आरोहण पूरा गरेका थिए । सन् २०१५ मा भूकम्पका कारण एक जनाले पनि सगरमाथा चढेनन् । आरोहण याम नै प्रभावित हुन पुगेको उक्त वर्ष सगरमाथा क्षेत्रमा गएको हिमपहिरोमा २२ जनाले ज्यान गुमाएका थिए । जुन सगरमाथा इतिहासकै एक दुःखद घटना मानिन्छ ।

त्यस्तै गरी सन् २०१६ मा ४४ जना, सन् २०१७ मा ३३ जना, सन् २०१८ मा ५१ जना, सन् २०१९ मा ६५ जना महिला आरोहीले सगरमाथा शिखर चुमेका थिए । सन् २०२० मा विश्वभर फैलिएको कोरोना महामारीका कारण आरोहण बन्द हुँदा एक जनाले पनि सगरमाथा चढेनन् । सन् २०२१ मा ४४ जना, २०२२ मा ६९ जना, २०२३ मा ६६ जना र २०२४ मा ६३ जना महिलाले सगरमाथामा पाइला टेकेका छन् ।

सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.