• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

भन्सार कडाइपछि सीमापार व्यापार ७५ प्रतिशत घट्यो

  •   सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित

नेपाल सरकारले भारतबाट सय रुपियाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने नियम कडाइका साथ लागू गरेपछि सीमापार व्यापार व्यवसाय उल्लेख्य रूपमा घटेको छ ।

नेपालगन्जको जमुनाहा नाकापारि रहेको रुपैडिहा उद्योग व्यापार प्रतिनिधि मण्डल (बहराइच) ले नेपाल सरकारले लागू गरेको नयाँ भन्सार नीतिका कारण नेपाल–भारत सीमा क्षेत्रको व्यापार ७५ प्रतिशतसम्म घटेको जनाउँदै नीति पुनरावलोकन गर्न माग गरेको छ ।

रुपैडिहा उद्योग व्यापार प्रतिनिधि मण्डलले सय रुपियाँभन्दा बढी मूल्यका सामानमा गरिएको कडाइका कारण रुपैडिहामा व्यापारिक सङ्कट उत्पन्न भएको भन्दै जिल्ला प्रशासन बहराइचमार्फत भारत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

मण्डलका नगर अध्यक्ष शैलेश जायसवालले जिल्ला अधिकारीलाई बुझाएको पत्रमा नेपाल सरकारले १०० रुपियाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क कडाइका साथ लागू गरेपछि सीमावर्ती बजार रुपैडिहा तथा आसपासका व्यापारीहरू प्रभावित भएको उल्लेख गरिएको छ ।

उहाँका अनुसार पहिले दैनिक उपभोग्य सामग्रीमा सहज आवतजावत भए पनि अहिले चामल, चिनी, तेल, औषधी तथा तरकारीजस्ता वस्तुमा समेत कडाइ गरिएकोले सीमापार व्यापार ७५ प्रतिशतसम्म घटेको छ ।

मण्डलले नेपाल सरकारको नीतिका कारण भारतीय व्यापारीहरू आर्थिक रूपमा प्रभावित भएको तथा दुवै देशबिचको व्यापारिक सम्बन्धमा असर परेको जनाएको छ । पत्रमा सीमामा सशस्त्र प्रहरीद्वारा कडाइ गरिएको र त्यसले सर्वसाधारण तथा व्यापारीमा असहजता बढाएको पनि उल्लेख गरिएको छ ।

मण्डलले भारत सरकारलाई यस विषयमा पहल गरी १०० रुपियाँभन्दा बढीका सामानमा गरिएको कडाइ खुकुलो बनाउन आग्रह गरेको छ । साथै सीमा क्षेत्रको पुरानो व्यापारिक तथा सामाजिक सम्बन्ध कायम राख्न दुवै पक्षले समाधान खोज्नुपर्नेमा जोड दिइएको छ ।

नाकामा कडाइपछि बाँके, बर्दिया र दाङबाट रुपैडिहा किनमेल गर्न जानेको संख्या पनि घटेको छ । यसले सीमापार व्यापार घट्नुका साथै सीमावर्ती नेपाली बजारमा व्यापार बढेको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

संघका अध्यक्ष टंक धामीले नाकामा गरिएको कडाइलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ । उहाँका अनुसार कडाइका कारण नेपालगन्ज र कोहलपुर मात्र नभई पहाडी जिल्लाका बजारसमेत चलायमान हुन थालेका छन् ।

सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.