• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

गाउँभरिका हलगोरु हेलिँदै हिलोमा

  •   बुधबार, जेठ १३, २०८३ मा प्रकाशित

बाजुरा, जेठ १३ गते । दुर्गम बाजुरा जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिका–१०, पाण्डुसैनमा मङ्गलबार बिहानैदेखि ठुलो चाडपर्व जस्तो माहोल बन्यो । एकाबिहानै कोही टीकाटालो लगाउँदै थिए, कोही दमाहा बजाउँदै थिए, त्यही बाजाको तालमा कोही हलगोरु जोत्दै, गरो सम्याउँदै थिए, महिला असारे रोपाइँका गीत गाउँदै थिए त कोही बिउ ओसार्ने, रोप्ने गर्दै थिए । बाटुल्सेराको एउटै गरोमा एक दर्जन जति हलगोरुको फेरो ! त्यो रमिता हेर्ने पनि उत्तिकै थिए ।

यसरी रमाउँदै, खेल्दै दिउँसो ११ बजे सुरु भएको रोपाइँ साँझ ७ बजेतिर सकिएको थियो । रोपाइँ सकिँदा पनि दमाहा बजाएर नाच्दै, गाउँदै रोपाहार घर फर्किए । पाण्डसैनको यो रोपाइँ रमिता पुस्तौँदेखि जेठ १२ गते हुँदै आएको छ । रोपाइँलाई विगतमा झँै यस पटक पनि चाडपर्व मनाए जस्तै गरेर निरन्तरता दिइएको हो । रोपाइँसँगै रोपाहार र दमाहा बजाउनेलाई मासुसहितका विभिन्न पकवान खुवाइएको थियो ।

“जेठ १२ गते जो जहाँ भए पनि एक परिवारको एक जना रोपाइँ गर्न आउनैपर्ने चलन छ, त्यही मान्यता अनुसार आफू पनि सदरमुकाम मार्तडीबाट गाउँ आएकी हुँ,” पाण्डुसैन गाउँकी अगुवा महिला राधिका बोहराले बताउनुभयो । जुम्ला राज्यका बेला तत्कालीन राजाले बाटुसेरा कैलाश देवतालाई खुसी बनाउनका लागि पाण्डुसैनको सेरामा रोपाइँ गर्नू भन्ने आदेश अनुसार यहाँ सालिन्दा जेठ १२ गते रोपाइँ हुने गरेको छ ।

स्थानीयको भनाइ अनुसार यो रोपाइँकै दिन गाउँमा रहेको बाटुल्सेरा कैलाश भगवान्को थानमा रहेका सुनको थाल, चाँदीको हलो, जुवामा समेत रोपाइँको हिलो लगाइने गरिन्थ्यो भने थालमा साङ्केतिक रूपमा धान रोप्ने गरिन्छ । तर करिब एक सय वर्षपहिले ती वस्तु आगलागीबाट नष्ट भए । अहिले पनि कैलाशथानमा रोपाइँको हिलो राख्ने र धान उमार्ने गरिएको बाटुसेरा कैलाशका धामी मदन बोहराले बताउनुभयो ।

जुम्ली राजाले पाण्डुसैनका बोहरा मुखियालाई उत्सवका रूपमा रोपाइँ गर्न दिएको आदेश आजसम्म पनि उचित मानेर कार्यान्वयन भइरहेको बोहरा परिवारकै सदस्य तथा बुढीनन्दा नगरपालिकाका प्रमुख जनक बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो कुलका मुखियाका जेठा छोरा कुम्भ बोहराको खेतबाट सुरु भएर आजको रोपाइँ सकिएको छ । मङ्गलबार पाण्डुसैनमा रहेका १२ वटै बोहरा परिवारका खेतमा रोपाइँ भएको हो । सबै परिवारको ६० पाथीका दरले बिउ लाग्ने खेत रहेका छन् ।”

प्रचलन अनुसार वरपरका छरछिमेकसहित सयौँ महिला तथा पुरुष आजको रोपाइँमा सहभागी भए । पूर्ववडासदस्य मनसुर लुहारले भन्नुभयो, “रोपाइँका बेला दमाहा (बाजागाजा) बजाएर विगतमा झैँ खुसियाली मनाइयो । पाण्डुसैन सेरामा रोपाइँ गर्नेका लागि परम्परा अनुसारै जेठ ११ गते धानको बिउ निकाल्ने गरिन्छ ।

“तत्कालीन नेकपा माओवादीले द्वन्द्वकालमा कतिपय परम्परा अन्त्य गरेको थियो तर यो परम्परा तोड्न उनीहरूले पनि चासो राखेनन्, यो परम्परा राम्रो भएकाले नै निरन्तरता दिइएको होला,” नगरप्रमुख बोहराले बताउनुभयो । “पराम्परादेखि पाण्डुसैन सेरानजिकै डामरखोला भएकाले सिँचाइ अभाव छैन,” नगरप्रमुख बोहराले भन्नुभयो, “यहाँ पहिले कालो मार्सी धान लगाउने चलन थियो, अहिले भने जुम्ली हाइब्रिड धान रोप्ने गरिएको छ ।”

हिउँदमा हिउँ पर्ने पाण्डुसैन लेकको सो जिउलोमा असोजको अन्तिममा धान पाक्ने गर्छ भने उत्पादन पनि राम्रै हुने गरेको छ । कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम सहनीले पाण्डुसैनको करिब ७२० रोपनी खेतमा हुने गरेको रोपाइँ बाजुराको पहिलो रोपाइँ भएको बताउनुभयो । उहाँले सो क्षेत्र बाजुरामै राम्रो धान उत्पादन हुने क्षेत्र भएको बताउँदै प्रतिरोपनी एक क्विन्टलसम्म धान फल्ने बताउनुभयो । बाजुरामा सात हजार पाँच सय हेक्टरमा रोपाइँ हुने गरेको छ ।

बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.