• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

‘सनसेट ल’ को तयारी

  •   बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित

काठमाडौँ, जेठ २१ गते । सरकारले मुलुकको पूर्वाधार विकासलाई तीव्रता दिन थप कानुनी तथा प्रक्रियागत आधार तयार गरिरहेको छ । पूर्वाधार निर्माण र विकास आयोजनामा बर्सौंसम्म देखिने कानुनी तथा प्रक्रियागत अवरोध हटाउन सरकारले विशेष पहल गर्दै यसका लागि पूर्वाधार न्यायाधिकरण (इन्फ्रास्ट्रक्चर ट्रिवुनल) गठन तथा ‘आवधिक सहजीकरण ऐन’ (सनसेट एक्ट) लगायतका संरचना र कानुनी आधार तयार गर्दै छ ।

यी संरचनागत र कानुनी आधार नहुँदा ठेक्का सम्झौता भएर पनि लामो समय (१०/१५ वर्ष) सम्म काम सम्पन्न नहुने तथा आयोजना निर्माण लागत दोब्बर, तेब्बरसम्म बढेर आउने समस्या समाधान गर्न यससँग सम्बन्धित विभिन्न मुद्दामामिलाको छिटो फस्र्योट गर्न पूर्वाधार न्यायाधिकरण गठन प्रक्रिया अगाडि बढाइएको छ ।

त्यसै गरी सरकारले मुलुकका ठुला र राष्ट्रिय गौरवका पूर्वाधार आयोजना तीव्र गतिमा अगाडि बढाउन दशकौँदेखि बाधक बनेका कानुनी तथा प्रक्रियागत झन्झट हटाउने उद्देश्यले भौतिक पूर्वाधार निर्माणसम्बन्धी ‘आवधिक सहजीकरण ऐन’ ल्याउन लागेको छ । लामो समय लाग्ने झन्झटिलो प्रक्रिया हटाउँदै आयोजनाको जग्गा अधिग्रहण, वातावरणीय प्रभाव प्रतिवेदन स्वीकृति र वन क्षेत्रको प्रयोगसम्बन्धी काम तोकिएको समयभित्रै सम्पन्न गर्न बाध्यकारी व्यवस्थासहित सो ऐन ल्याउन लागिएको हो ।

सरकारले कार्यदल गठन गरेर यस ‘आवधिक सहजीकरण ऐन’ को मसौदासमेत तयार गरिरहेको छ । राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाको संयोजकत्वमा गठित कार्यदलले मसौदा तयार गरिरहेको छ । सरकारले यसलाई ‘विकास आयोजना व्यवस्थापन तथा कार्यान्वयन सहजीकरण ऐन’ नाम दिने तयारी गरेको छ । आयोगका सदस्य तथा कार्यदलका संयोजक थापाले मुलुकको पूर्वाधार निर्माणमा देखिएको समस्या र बाधा अवरोधलाई द्रुत गतिमा सम्बोधन गरी आयोजनालाई गति दिने उद्देश्यले ल्याउन लागिएको यस सहजीकरण ऐनको मसौदाको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

उहाँका अनुसार ऐन निर्माणको मुख्य उद्देश्य विकास निर्माणमा देखिने अव्यावहारिक र दोहोरो प्रक्रियागत अवरोध हटाउनु हो । यस ऐनका आधारमा प्रधानमन्त्रीको अध्यक्षतामा एउटा समिति गठन गरिने छ, जसलाई विशेष निर्देशनको अधिकार हुन्छ । समितिको निर्देशनबाट पूर्वाधार विकासको आयोजनामा देखिएका बाधा अवरोध हटाउन सकिन्छ । यदि कुनै निकायले कुनै आयोजनाको काम रोकेको छ भने प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने सो समितिले खारेज गरिदिन सक्ने संयोजक थापाले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पूर्वाधार निर्माण व्रmममा ढुङ्गा, गिट्टी, बालुवालगायतको निर्माणसामग्रीको समस्या, रुख कटानलगायत आयोजनाको क्षेत्राधिकार (राइट अफ–वे) भित्र रहेका संरचना हटाउन, आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) लगायतको काम एउटा निश्चित अवधिभित्र गरिएन भने प्रधानमन्त्रीको अध्यक्षतामा रहेको सो समितिले तत्काल सो काम गर्न निर्देशन दिन सक्छ ।’’

पूर्वाधार न्यायाधिकरण

त्यसै गरी सरकारले विकास निर्माणका ठुला आयोजनामा हुने कानुनी ढिलासुस्ती र विवादलाई छिटो समाधान गरी मुलुकको भौतिक विकासलाई गति दिन पूर्वाधार न्यायाधिकरण गठन प्रक्रिया पनि अगाडि बढाएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव तथा प्रवक्ता दलबहादुर अधिकारीले पूर्वाधारसँग सम्बन्धित मुद्दामामिलालाई कसरी छिटोछरितो रूपमा निरूपण गर्न सक्नुका साथै यस क्षेत्रमा कसरी संस्थागत सुधार गर्न सकिन्छ भन्ने उद्देश्यसहित पूर्वाधार न्यायाधिकरण गठन प्रक्रिया अगाडि बढाइएको बताउँदै सरकारले यस अदालत गठन अवधारणापत्र स्वीकृत गरिसकेको जानकारी दिनुभयो ।

विशिष्टीकृत अदालत वा न्यायाधिकरण गठन गर्न सक्ने संवैधानिक व्यवस्था अनुसार यो अदालत गठन गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो । त्यसै गरी मन्त्रीपरिषद्को स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची’ अनुसार कानुन मन्त्रालयले विधेयकको मसौदा र अवधारणा अगाडि बढाएको हो । उच्च अदालतको न्यायाधीशको अध्यक्षतामा आयोजना व्यवस्थापन क्षेत्रमा अनुभव तथा विज्ञता भएका वित्त क्षेत्रको विज्ञ सदस्य र इन्जिनियरिङ क्षेत्रको विज्ञ सदस्य रहने गरी पूर्वाधार न्यायाधिकरण गठन गर्ने प्रारम्भिक अवधारणा रहेको सहसचिव तथा प्रवक्ता अधिकारीले बताउनुभयो ।

एक दिनमै समस्या समाधान

पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले पूर्वाधार निर्माणको क्षेत्रमा देखापर्ने समस्या समाधान एक दिनमै गर्ने गरी कानुनी प्रावधान र संरचना निर्माण गर्न मन्त्रीबाट निर्देशन भएको र सोही अनुसारको तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले मन्त्रीले पूर्वाधार निर्माणका समस्या के के छन् ? त्यसको पहिचान गरी सोको समाधान १० होइन एक दिनमै समाधान गर्ने अभियान चलाउनुभएको छ । अहिले आयोजनामा जहाँ जहाँ समस्या छ, त्यसको समाधान र सहजीकरणको काम सिधै मन्त्रीकै स्तरबाट भइरहेको छ ।”

बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.