• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

मेट्रो रेल ‘डिपिआर’ का लागि आशयपत्र माग

  •   सोमबार, जेठ २५, २०८३ मा प्रकाशित

काठमाडौँ, जेठ २५ गते । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यसहित अगाडि सारिएको मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीसँग आशयपत्र (इआआई) आह्वान गरिएको छ । रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले नारायणगोपाल चोक–सातदोबाटो–रत्नपार्कको २७.५ किलोमिटरमा रेल गुडाउन अन्तर्राष्ट्रिय आशयपत्र आह्वान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार इच्छुक अन्तर्राष्ट्रिय कम्पनीले आगामी जेठ ३२ गते (१५ जुन २०२६) सम्म आफ्नो आशयपत्र पेस गरिसक्नुपर्ने छ । उहाँले नेपाल सरकारको ई–जिपी प्रणालीमार्फत अनलाइन आवेदन दिनुपर्ने व्यवस्था गरिएको जानकारीसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीले नेपाली कम्पनीसँग मिलेर (संयुक्त) आशयपत्र पेस गर्नुपर्ने हुन्छ । आशयपत्र पेस गरेका कम्पनीको पहिला प्राविधिक प्रस्तावको मूल्याङ्कन गरिने छ । प्राविधिक मूल्याङ्कनमा सफल भएका कम्पनीको मात्र आर्थिक मूल्याङ्कन गरिने छ । आर्थिक मूल्याङ्कनमा सफल भएकामध्ये परामर्शदाता छनोट गरिने छ ।” आशयपत्र पेस गरेकामध्ये योग्यता, अनुभव र क्षमताका आधारमा परामर्शदाता छनोट गरिने बताउँदै उहाँले योग्यताका आधारमा ५० अङ्क, अनुभवका आधारमा ४० अङ्क र क्षमताका आधारमा १० प्रतिशत अङ्क प्रदान गर्ने मापदण्ड तोकिएको जानकारी दिनुभयो । सङ्क्षिप्त सूचीमा सूचीकृत हुनका लागि कम्तीमा ७० अङ्क प्राप्त गर्नुपर्ने हुन्छ ।

‘डिपिआर’ गर्न दोस्रो प्रयास 

यसअघि काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि डिपिआर तयार गर्न २०७६ माघ ८ गते रेल विभाग र चीनको चाइना रेलवे सियुआन कम्पनी लिमिटेड तथा नेपालकै सिइएमएटी कन्सल्ट्यान्ट (संयुक्त) बिच सम्झौता भएको थियो । तर विभिन्न कारण त्यसबेला पूर्ण रूपमा डिपिआर तयार नभई ठेक्का सम्झौता तोडिएको महानिर्देशक पोखरेलले जानकारी दिनुभयो । अब छनोट हुने कम्पनीले डिपिआर तयार गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सतहत्तर किलोमिटरमा मेट्रो रेल सम्भव

काठमाडौँ उपत्यकाको यातायातको व्यवस्थापन तथा सुन्दर र स्वच्छ सहर निर्माण गर्ने उद्देश्यसहित विगत एक दशकदेखि काठमाडौँमा मेट्रो तथा मोनो रेल सञ्चालन गर्ने विषय चर्चा रहे पनि यस क्षेत्रमा देखिने गरी उपलब्धि भएको देखिँदैन । काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन गर्न सकिने सम्भाव्यताबारे सन् २०१२ मै कोरियन कम्पनी चुङसुङ

इन्जिनियरिङले सम्भाव्यता अध्ययन गरेको थियो । सो अध्ययन प्रतिवेदनले सम्भव देखाएको अधिकांश ‘एलाइनमेन्ट’ को आजसम्म पूर्वसम्भाव्यता अध्ययनसमेत हुन सकेको छैन । सो अध्ययनले काठमाडौँ उपत्यकाको कुल ७७ किलोमिटर सडकखण्डमा मेट्रो रेल सञ्चालन गर्न मिल्ने देखाएको थियो, जसमध्ये कुल ५२ किलोमिटरमा आकासे र २५ किलोमिटरमा भूमिगत मेट्रो रेलको सम्भावना देखाएको थियो ।

प्रतिवेदनले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक १२ किमी, कीर्तिपुर–कालीमाटी–नयाँ बानेश्वर–एयरपोर्ट ११ किमी र कोटेश्वर–चाबहिल–स्वयम्भू २९ किमीमा आकासे तथा स्वयम्भू–डिल्लीबजार–बौद्ध १२ किमी र धोबीघाट–सिंहदरबार–नक्साल–गोङ्गबु १४ किमीमा भूमिगत बनाउन सिफारिस गरेको थियो । विभिन्न यातायातका साधनको तुलना गर्दा बसमा प्रतिघण्टा प्रतिलेन आठ हजार यात्रुले यात्रा गर्न सक्छन् । केवल मेट्रोमा प्रतिघण्टा प्रतिलेन दुईदेखि तीन हजार यात्रुले यात्रा गर्न सक्छन् । तर मेट्रो रेलमा प्रतिघण्टा प्रतिलेन २५ हजारदेखि ५० हजार यात्रु यात्रा गर्न सक्छन् ।

सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.