• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

मनसुन भित्रन तम्तयार

  •   बुधबार, जेठ २७, २०८३ मा प्रकाशित

काठमाडौँ, जेठ २७ गते । यस वर्षको मनसुन भित्रने समय आउन अब चार दिन मात्र बाँकी छ । अघिल्लो वर्षदेखि मनसुन भित्रने समय केही दिन पर सर्दै जुन १३ तारिखमा स्थानान्तरण भएको हो । सोही अनुसार आउँदो एक साताभित्र मनसुन भित्रने वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार भारतको केरलामा जुन ४ तारिखमा मनसुनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको छ । त्यहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब १० दिन लाग्छ । मौसमविद् रोजन लामिछानेले भन्नुभयो, “बङ्गालको खाडीबाट अगाडि बढेको मनसुन केरलाबाट अगाडि बढ्ने क्रममा रहेको छ, नेपालको पूर्वी भू–भागबाट प्रवेश गर्न सक्छ ।” सुरुवातमा पूर्वको थोरै भू–भागमा मनसुन फैलने सम्भावना रहेको उहाँले बताउनुभयो ।

मनसुनको नेपाल आगमनबारे यतिखेर मौसमविद्हरूको टिमले एक मिनेट पनि नछाडी अध्ययन गरिरहनुभएको छ । मौसमविद् लामिछानेले सुनाउनुभयो, “केही दिनदेखि लगातार हामी सामूहिक तथा अन्तर्राष्ट्रिय छलफल गरिरहेका छौँ, कसरी आउँछ र कत्तिको प्रभावकारी आउँछ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ ।”

कसरी आउँछ मनसुन 

हरेक वर्ष वसन्त ऋतुपछि वर्षा ऋतु आउँछ । यो ऋतुहरूको फेरबदलका क्रममा जमिन र समुद्रको सतह दुवैतिर हावाको दबाब बढ्छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार गर्मीको समयमा समुद्रबाट जमिनतिर पानीको कणसहितको हावा बहन्छ भने जाडोको समयमा जमिनको तातो हावा समुद्रतिर जान्छ । यही समग्र प्रक्रियालाई नै मनसुन भनिन्छ । मनसुन भित्रने भनेकोचाहिँ पानीका कणसहितको जलवाष्पयुक्त हावा जमिनतिर बहनु हो । उहाँले भन्नुभयो, “गर्मीमा जमिनभन्दा समुद्रको हावाको दबाब क्षेत्र बढी बन्छ, त्यो तातिएको हावा जमिनतर्फ सर्छ, त्यो प्रक्रियालाई नै मनसुन भित्रने भनिएको हो ।”

नेपालमा वर्षभरिमा पर्ने वर्षाको ८० प्रतिशत वर्षा मनसुनकै समयमा पर्छ । नेपालमा आउने मनसुनी हावाको सिर्जना सुरुवातमा पृथ्वीको दक्षिण गोलाद्र्धस्थित दक्षिण अफ्रिकी मुलुक माडागास्करआसपासमा हुन्छ । त्यहाँको वातावरणीय परिवर्तनसँगै बङ्गालको खाडीमा पनि मनसुनी वायुको दबाब बढ्छ । त्यहाँबाट त्यो जलवाष्प मनसुनी वायु बनेर भारतको केरला, मध्यप्रदेश हुँदै नेपालको पूर्वी क्षेत्रबाट भित्रने गर्छ । जेठको चौथो साता प्रवेश हुने मनसुन असोजको तेस्रो सातामा बाहिरिने गरेको छ । मौसमविद् अधिकारीका अनुसार नेपालको मनसुनमा वर्षा गराउने अर्को प्रणाली अरब सागरमा विकास हुन्छ । त्यहाँको जलवाष्पयुक्त वायुले नेपालको मध्य र पश्चिम भू–भागमा मनसुनी वर्षा गराउने गर्छ । नेपालमा भित्रने मनसुनी न्यूनचापीय रेखाको सरदर स्थान भारतको गङ्गा किनारआसपास हो । त्यहाँबाट त्यो रेखा जलवाष्पयुक्त वायुसहित नेपालको दक्षिण तराई नजिक सर्दा नेपालमा वर्षा बढी हुने गरेको छ ।

कृषि मौसमविद् रामेश्वर रिमालले भने मनसुन भित्रने एकिन नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “मनसुन भित्रनै नेपालमा ढिला होला जस्तो छ, उता किसानले ब्याड हालिसके, खेती कसरी गर्ने भनेर हामीले भन्न सकेका छैनौँ ।” मनसुन भित्रेपछि पनि अर्को पानी चाहिने बेला वर्षा भएन भने धान डढ्छ वा अतिवृष्टि हुँदा डुब्छ । सुक्खा र डुबान सहनेखालको धान लगाउनु भनेर प्रारम्भिक रूपमा भनेका छौँ । सरकारलाई सुझाव र समग्र कृषिको अनुमान मनसुन भित्रिएपछि तय गर्न सकिने उहाँले बताउनुभयो ।

अलनिनो प्रभाव

विश्व मौसम सङ्गठन र क्षेत्रीय मनसुन फोरमले यस वर्षको मनसुनमा कम वर्षा हुने अनुमान एक महिनाअघि नै गरिसकेको छ । जसले दक्षिण एसियाली मुलुकमा कम वर्षासँगै वर्षाको बदलिँदो प्रवृत्तिसमेत भित्र्याउन सक्ने भएकाले सचेत रहन विश्व स्वास्थ्य सङ्गठनले अनुरोध गरेको छ ।

माल्दिभ्सको मालेमा अघिल्लो महिना आयोजित मनसुन फोरमले दक्षिण एसियाका नौ राष्ट्रमा हुने मनसुनको विश्लेषण गरेको थियो । जसमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलङ्काका मौसम सङ्गठनसहित पूर्वानुमान विश्लेषण भएको थियो । हिन्द महासागर र अरब सागरमा अहिले तटस्थ अवस्थामा रहेको अलनिनो (पानी कम पार्ने प्रणाली) प्रणालीले नेपालमा मनसुन भित्र्याउन खासै अवरोध गरेको अवस्था छैन । तर मनसुन भित्रिएको एक महिनालगत्तै अलनिनो प्रणाली बलियो हुने अवस्था देखिएको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । अलनिनो तटस्थ हुँदा लानिनो सक्रिय रहन्छ । जसले मनसुनमा वर्षा गराउन मद्दत गर्छ । उहाँले भन्नुभयो, “तर जुलाई र अगस्टमा लानिनोलाई विस्थापित गर्दै अलनिनो अधिक बलियो हुने अनुमान विश्वका मौसमविद्ले गर्नुभएको छ, जुन नेपालको मनसुनी वर्षाका लागि राम्रो सङ्केत हैन ।”

विश्व मौसम सङ्गठनका अनुसार जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनको चक्रले दक्षिण एसियाको धेरैजसो भू–भागको जीवनलाई सिञ्चित गर्छ । यस मनसुनमा पूर्वानुमान गरिएको औसतभन्दा कम मनसुनी वर्षाले ती सबै चक्रमा नकारात्मक असर पार्ने सम्भावना रहेको छ । विश्व मौसम सङ्गठनको पूर्वानुमानको पुनर्विश्लेषण गर्दै संयुक्त राष्ट्रसङ्घले यस वर्ष विश्वव्यापी तापक्रम थप बढ्ने र त्यसले चरम मौसमी घटना निम्त्याउन सक्ने भएकाले त्यसको प्रतिकार गर्न हरेक मुलुकलाई गत साता अपिलसमेत गरेको छ ।

बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.