• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

मकैमा फौजी कीराको प्रकोप, किसानहरू चिन्तामा

  •   बिहिबार, असार ०४, २०८३ मा प्रकाशित

धनकुटाका किसानले लगाएको मकै खेतीमा अमेरिकन फौजी कीरा लागेपछि धनकुटाका किसान चिन्तित भएका छन् ।

पछिल्लो केही समय यता मकैबाली लगायत हरियोबालीमा फौजी किराको प्रकोप दिनानुदिन बढ्दै गएका कारण बालीमा क्षति पु¥याएपछि धनकुटाका किसान चिन्तित भएका हुन् ।

अमेरीकी फौजी कीरा करिब सात वर्षअघि अमेरीका, अफ्रिका र भारत हुँदै नेपाल आइपुगेको पाइन्छ । नेपालको तराइ र पहाड क्षेत्रको मौसम फौजी कीराका लागि उपयुक्त रहेको पाइन्छ । फौजी कीराले धनकुटामा बर्सेनि मकैबाली लगायत हरियो बालीमा असर गर्दैआएको छ । कीराको आक्रमणका कारण मकै सुक्ने र ढल्ने गरेकाले समस्या भएको धनकुटाको पाख्रीबास नगरपालिका–५, स्थित दियालेका कृषक देवेन्द्रबहादुर निरौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पानी प¥यो दुःखले खनजोत गरी मकैबाली त लगायौं तर बिउ पनि नउठ्ने भयो । कृषकले लगाएको खान त परको कुरा, फौजी कीराको प्रकोपले बारीमै सुकेर गएका छन् । मकैमा विषादी लगाउँदा पनि रोकथाम हुन सकेन ।”

करिब १५ घर परिवारको बसोवास रहेको यस क्षेत्रमा मकै लगायत बालीमा फौजी कीराको आक्रमणले किसान मारमा परेका छन् । उहाँ मात्र हैन, कृषक अमरबहादुर तामाङको पनि उस्तै समस्या रहेको छ । तामाङले करिब १८ रोपनी क्षेत्रफलमा मकै खेती लगाउनुभएको छ ।

पानी नपरेपछि फौजी कीराले मकैमा आक्रमण धेरै गर्ने गरेको किसानले बताएका छन् । ‘उहाँले भन्नुभयो, “वर्षमा तीनबाली लगाउने गरेको थियो, यो वर्ष त एक बाली पनि उठ्न गाह्रो छ, के खाने ।’

सूर्योदयपछि सूर्य अस्तसम्म लुकेर बस्ने फौजी कीराले मकैको पातमा पसेर गाबो रातारात खाने गर्दछ । फौजी कीरा दिनभर सुसुप्त अवस्थामा बस्ने र रातभरि सक्रिय हुने गर्छ । यो कीराको आक्रमण तीब्र रूपमा फैलिएको कारण मकैका कलिला बोट सुक्न थालेका अर्का किसान नेत्रबहादुर भुजेलले बताउनुभयो ।

धनकुटाका धेरैजसो मकैखेती गरेको ठाउँमा फौजी कीराको समस्या रहेको किसानको गुनासो छ । हरेक वर्ष यो समस्या भइरहेको भन्दै नगरपालिका र ज्ञान केन्द्रमा धाउनु परेको किसानहरू बताउछन् । भूजेलले भन्नुभयो, “यसको दीर्घकालीन समाधानमा सम्बन्धित निकायले चासो नदिएकोजस्तो लागेको छ ।”

धनकुटाको पाख्रीबासस्थित डिकुरे, गैरीगाउँ, दियाले, कटहरे, डडुवा बढी मात्रामा फौजी कीराको प्रकोप बढेको पाइन्छ । यस्तै, महालक्ष्मी नगरपालिका लगायत क्षेत्रका खेतबारीमा मकैको बोट पहेँलिँदै सुक्न थालेको छ । समग्र जिल्लाको तल्लो भूभागमा फौजी कीराको प्रकोप बढ्दै गएको छ । मकै खान मात्र नभई वस्तुभाउलाई खुवाउने घाँससमेत सुक्न थालेको किसानहरूले गुनासो गरेका छन् ।

यता कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार फौजी किराको सङ्क्रमण कम वर्षा भएको समयमा बढी हुने जनाएको छ । यो पटक भने वर्षा कम भएकाले सङ्क्रमण भएको ज्ञान केन्द्रको भनाइ छ । फौजी कीराको जोखिम देखा परेको ठाउँमा किसानलाई ज्ञान केन्द्रले स्थानीय तहमार्फत विषादी वितरण गर्ने गरेको र स्थानीय तहले आफैँ विषादी वितरण गर्दै आएको ज्ञान केन्द्रका प्रमुख नगेन्द्र रानाले जानकारी दिनुभयो ।

धनकुटामा १३ हजार ४ सय ७० हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो समय जङ्गली जनावर, विभिन्न रोगका कीराका कारण मकै खेती गर्नेक्रम घट्दो क्रममा रहेको छ ।

बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.