• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

पूर्वानुमानमै राजीनामा दिन थाले कर्मचारी

  •   आइतबार, असार १४, २०८३ मा प्रकाशित

काठमाडौँ, असार १४ गते । निजामती कर्मचारीले पूर्वानुमानकै भरमा पदबाट राजीनामा दिने क्रम बढ्दै गएको छ । प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकको मसौदामा ऐन जारी भएको मितिभित्र एक पटकका लागि कर्मचारीको सेवा अवधि ३० वर्ष र अवकाश उमेर ५५ वर्षको प्रस्ताव गरेको चर्चा भएपछि कर्मचारीले पदबाट राजीनामा दिन थालेका हुुन् ।

आधिकारिक रूपमा पुष्टि नभए पनि अब जारी हुने भनिएको अध्यादेशले ३० वर्षभन्दा बढी सेवा अवधि भएका कर्मचारीले ३० वर्षसम्मको मात्र पेन्सनका लागि अवधि गणाना हुने चर्चा छ । कसैबाट पुष्टि नभएको यस्तो चर्चाका कारण कर्मचारीले राजीनामा दिन थालेको बताइएको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले ऐन नै नबनी बाहिर सञ्चार माध्यममा आएकै हल्लाका भरमा कर्मचारीले पदबाट राजीनामा दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय कर्मचारीले व्यक्तिगत कारणले त कतिपयले स्वास्थ्यका कारणले पनि पदबाट राजीनामा दिन्छन् । यसलाई हामीले धेरै अस्वाभाविक रूपमा लिएका छैनौँ तर ठुलो सङ्ख्यामा कर्मचारीले पदबाट राजीनामा दिए भने चाहिँ नीतिगत रूपमा सोच्नुपर्ने हुन्छ ।” कर्मचारीले जुनसुकै बेला पनि आफ्नो सेवाबाट राजीनामा दिएर अवकाश हुन पाउने व्यवस्था कानुनले नै सुनिश्चित गरेको उहाँले स्पष्ट पार्नुभयो ।

विधेयकको मसौदा अहिले राय सुझावका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ । मन्त्रालयले उक्त विधेयकको मसौदा गत जेठ २६ गते कानुन मन्त्रालयमा रायका लागि पठाएको हो । कानुन मन्त्रालयले विधेयकको मसौदाको अध्ययन गरिरहेको छ । उक्त व्यवस्था ऐन निर्माण हुँदासम्म कायम रहे पेन्सन घट्ने जोखिमबाट बच्न कर्मचारीले पदबाट राजीनामा दिएको हुन सक्ने बुझाइ प्रशासनिक वृत्तको छ । राष्ट्रिय किताबखाना निजामतीका महानिर्देशक श्रवणकुमार पोखरेलले असार महिना लागेदेखि ८९ जना निजामती कर्मचारीले पदबाट राजीनामा दिई पेन्सन पट्टाका लागि किताबखानामा आएको जानकारी दिनुभयो ।

त्यस्तै यस अवधिमा ७१ जना कर्मचारी अनिवार्य अवकाशमा गएका छन् । यसअगाडि भने राजीनामा दिनेभन्दा अनिवार्य अवकाशमा जाने कर्मचारी २.६ प्रतिशतले बढी थियो तर असार महिना लागेदेखि भने अनिवार्य अवकाशमा जानेभन्दा कर्मचारीको अवकाशको उमेरभन्दा अगाडि नै पदबाट राजीनामा दिने सङ्ख्या वृद्धि भएको छ । विगतमा वार्षिक औसत दुई हजार तीन सय जना कर्मचारी अनिवार्य अवकाशमा जाने गरेका थिए ।

राष्ट्रिय किताबखाना (निजामती) मा प्रविष्ट भएको विवरण अनुसार ३० वर्षभन्दा बढी सेवा अवधि भएका र ५५ वर्ष सेवा पूरा गरेका कर्मचारीको सङ्ख्या छ हजार १०६ जना रहेको छ । हाल ३० वर्षभन्दा बढी सेवा अवधि भएका कर्मचारीको सङ्ख्या दुई हजार ६७८ जना रहेको छ भने ५५ वर्ष उमेर पुगेका कर्मचारी तीन हजार ४२८ जना रहेका छन् । यसरी हेर्दा ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर पुगेका कर्मचारीको कुल सङ्ख्या १२ हजार २१२ देखिन्छ । पोखरेलले करिब दुई साताको अवधिमा कर्मचारीले राजीनामा दिने दर बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक पेन्सन पट्टा बनाउने कर्मचारीको तथ्याङ्क बढ्दै गएकाले राजीनामा दिने क्रम तीव्र भयो भनेर निष्कर्षमा पुग्न सकिन्छ ।” राजीनामा दिनेमा कार्यालय सहयोगीदेखि सहसचिवसम्मका कर्मचारी भएको उहाँले बताउनुभयो ।

पेन्सनको गणना 

निजामती सेवा ऐन अनुसार २० वर्ष वा सोभन्दा बढी अवधिसम्म सरकारी सेवा गरेका निजामती कर्मचारीले मासिक पेन्सनको सुविधा पाउने व्यवस्था छ । हालको निजामती सेवा ऐनमा ३० बर्से सेवा अवधिको व्यवस्था भने छैन तर अहिले सङ्घीय निजामती सेवा विधेयकको मसौदामा ३० वर्षभन्दा बढी अवधिको थप पेन्सन नदिने भन्ने प्रस्ताव भएको भन्ने चर्चा छ ।

आइतबार, असार १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.