• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

  •   आइतबार, असार १४, २०८३ मा प्रकाशित

काठमाडौँ, असार १४ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआओस् भनेर सतर्क हुनुपर्ने बताउनुभएको छ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो।

गोष्ठीलाई सम्बोधन गर्नुहुँदै संयोजक प्रचण्डले भन्नुभयो, “हामीले आज फेरि एकचोटि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न त्यसको समीक्षा भने गर्नैपर्छ भन्ने पक्षमा म पनि छु। बिनासमीक्षा हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने अवस्था नआओस् भनेर हामी सबै सतर्क हुनुपर्छ। हामीले आफ्नै आत्मसमीक्षा गर्ने कुरामा दृढ हुनैपर्छ।”

निरंकुश सामन्तीतन्त्रविरुद्ध विगतमा एकताबद्ध भएर लडेको स्मरण गर्नुहुँदै उहाँले मिलेर मात्र सफलता प्राप्त गर्न सकिने प्रस्ट पार्नुभयो। उहाँले भन्नुभयो, “जसरी हामी निरंकुश सामन्तीतन्त्रविरुद्ध मिलेर लड्यौँ, त्यतिबेला हाम्रो पार्टी त एउटै थिएन नि। तर, हामी मिलेर नै सफलता प्राप्त गरेका हौँ। अहिले पनि मिलेर मात्र सफलता प्राप्त गर्न सकिन्छ, यसमा ढिला नगरियोस्।”

यसअघि २०७४ सालमा भएको एकतालाई नेपाली जनताले झण्डै दुईतिहाइ मत दिएर अनुमोदन गरेको पनि उहाँले स्मरण गर्नुभयो। जननेता मदन भण्डारीसँग त्यो समयमा पनि कम्युनिस्ट आन्दोलन एकताबद्ध गर्ने सम्बन्धमा घनीभूत छलफल भएको तर त्यसलाई औपचारिकता दिन नपाउँदै दुःखद् घटना भएको उहाँले उल्लेख गर्नुभयो।

संयोजक प्रचण्डले विगतको प्रसङ्ग जोड्नु हुँदै भन्नुभयो, “हामीले २०४६ सालको ऐतिहासिक जनआन्दोलनले जे सन्देश दियो, वामपन्थी र नेपाली जनताले विचार मिल्नेका बिचमा एकताको माग गरेका थिए। त्यो एकताका निम्ति नेतृत्वले पहल गर्न जरुरी थियो। त्यसकारण, जेठ ३ गतेभन्दा लगत्तै पछि कार्यक्रम बनाएका थियौँ। कमरेड मदन भण्डारी र म आफैँ एक दिन रातभरि बसेर के नेपाली कम्युनिस्ट आन्दोलनलाई यो २०४६ सालको जनआन्दोलनको पृष्ठभूमिमा एकताबद्ध गर्न सम्भव छ भन्ने बारेमा बहस गर्ने भनेर कार्यक्रम तोकिएको थियो। तर, दुर्भाग्य त्यो दिन आउन पाएन।”

त्यो अधुरो सपना पूरा गर्ने जिम्मेवारी कहीँ न कहीँ आफ्नो काँधमा रहेको भन्दै उहाँले यो वर्तमानका सबै कम्युनिष्ट घटकको साझा जिम्मेवारी भएको धारणासमेत व्यक्त गर्नुभयो।

आइतबार, असार १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.