• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ५. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ६. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • १०. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

राजमार्ग अवरुद्ध भए तत्काल खुलाइने

  •   मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित

काठमाडौँ, असार १६ गते । मनसुन सक्रिय भएसँगै सडक विभागले नागढुङ्गा–मुग्लिङ सडकखण्डमा पहिरो र बाढीको जोखिमलाई ध्यानमा राख्दै ‘मनसुन पूर्वतयारी कार्ययोजना, २०८३’ (एक्सन प्लान) लागु गरेको छ । यस कार्ययोजना अन्तर्गत सडक ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ ।

सङ्घीय राजधानीको जीवनरेखा (लाइफलाइन) मानिने पृथ्वी राजमार्ग वर्षायाममा अवरुद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्वतयारी कार्ययोजना लागु गरेको हो । नागढुङ्गा–मुग्लिङ सडकखण्ड अहिले विस्तारक्रममा रहेका कारण पनि मनसुन सक्रिय भएसँगै यो खण्डमा विगत वर्षको भन्दा जोखिम बढी देखिएको छ । सडक बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्गसमेत तोकिएको कार्ययोजनामा उल्लेख छ ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता ई. श्यामबहादुर खड्काले वर्षायाम सुरु भएसँगै पहिरो र बाढीका कारण मुलुकभरका सडक तथा राजमार्ग अवरुद्ध हुने जोखिम बढेको बताउँदै सङ्घीय राजधानी काठमाडौँलाई मुलुकको अन्य भागसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको नागढुङ्गा–मुग्लिङ सडकखण्डमा पहिरो र बाढीको जोखिमलाई ध्यानमा राख्दै ‘मनसुन पूर्वतयारी कार्ययोजना’ (एक्सन प्लान) लागु गरिएको जानकारी दिनुभयो । विभागले विगतका विपत्का घटना तथा अहिलेको अवस्था अध्ययन गरी सो कार्ययोजना तयार गरिएको बताउँदै उहाँले कार्ययोजनामा राजमार्गका उच्च जोखिमयुक्त स्थान (रेड जोन) पहिचान गरिएको छ । अवरुद्ध सडक तत्काल सुचारु गर्न प्राविधिक, उपकरण र वैकल्पिक मार्ग व्यवस्थापनसमेत गरिने उहाँले जानकारी दिनुभयो ।

त्यसै गरी अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन पहिरो हटाउने, सडकै बगाएको अवस्थामा भित्तो काटी ट्र्याक खुलाउने, सडक भासिएको अवस्थामा टेवा पर्खाल निर्माण गर्नेलगायतका काम गरी सडक सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ । त्यसै गरी राजमार्ग तथा सडक अवरुद्धको सूचना सङ्कलन, अवरुद्ध राजमार्गको तथ्याङ्क सङ्कलन, आवश्यक जनशक्ति तथा उपकरण परिचालन गर्ने गरी कार्ययोजना निर्माण गरिएको हो । त्यसै गरी कार्ययोजनामा जनशक्ति व्यवस्थापन, यान्त्रिक उपकरण खरिद तथा मर्मत, आकस्मिक बजेट व्यवस्थापन गरिएको छ भने सडक विभागमातहतका कार्यालय र सडक डिभिजनले आवश्यक उपकरण तयारी अवस्थामा राखेको उहाँले जानकारी दिनुभयो ।

सरकारी प्रतिकार्य र तयारी 

सडक विभागका सिनियर डिभिजन इन्जिनियर राजमार्ग अवरुद्ध भएमा द्रुत टोली (¥यापिड रेस्पोन्स टिम) सडक अवरुद्ध हुनेबित्तिकै पहिरो पन्छाउन चार वटा खण्डमा चौबिसै घण्टा मेसिन र जनशक्ति तैनाथ गरिएको छ । उहाँले भन्नुभयो, “पृथ्वी राजमार्गको नागढुङ्गादेखि मुग्लिङसम्म विस्तार तथा स्तरोन्तिका लागि तीन वटा ठेक्का अहिले चालु अवस्थामा रहेका छन् । पहिरो वा अरू कुनै कारण राजमार्गको यो खण्ड अवरुद्ध भएको अवस्थामा सञ्चालनमा ल्याउनका लागि काम गरिरहेका निर्माण व्यवसायीलाई नै जिम्मेवारी दिइसकिएको छ । त्यस अनुसार निर्माण व्यवसायीलाई निर्देशन भइसकेको छ ।

राजमार्ग अवरोध भएको अवस्थामा नागढुङ्गा, बैरेनी, कुरिनटार र मुग्लिङलगायत सम्भावित जोखिम क्षेत्र नजिकै जनशक्ति तथा एक्साभेटर, लोडर र टिप्पर तयारी अवस्थामा राखिएका छन् । सडक अवरुद्ध भएमा तत्काल खुलाउनका लागि नौबिसे, सत्किला क्रसर प्लान्ट, १२ किलो क्रसर, एकलेफाँट, घाटबेँसी र बेल्खु प्लान्ट क्षेत्रमा ब्याकहो लोडर, एक्साभेटर, ट्रिप ट्रकसहितका हेभी इक्विपमेन्ट र अपरेटरलगायतका उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।

आकस्मिक अवस्थामा यात्रु र स्थानीयले सिधै सम्पर्क गर्न सकून् भनेर आयोजनाले आवासीय इन्जिनियर र मेसिन अपरेटरको फोन नम्बरसहितको बुलेटिन जारी गरिएको उहाँले जानकारी दिनुभयो । यात्रामा निस्कनअगाडि आधिकारिक निकाय वा ट्राफिक प्रहरीको सूचना जाँच गरेर मात्र आफ्नो यात्रा तय गर्न सडक विभागले अनुरोध गरेको छ ।

नौ स्थान ‘रेड जोन’ 

पहिरो र बाढीको जोखिमलाई ध्यानमा राख्दै नागढुङ्गा–नौबिसेखण्डको नौ स्थानलाई अति जोखिमयुक्त (रेड जोन) तोकिएको छ । सडक विभागले गरेको अध्ययनका आधारमा पृथ्वी राजमार्गको नागढुङ्गा–नौबिसेखण्डको झ्याप्लेखोला, खत्रीपौवा र सिक्रेखोलालाई अति जोखिमयुक्त (रेड जोन) तोकिएको छ । त्यसै गरी नौबिसे–मलेखुखण्डको चार किलो, सात किलो, नौ किलो, १३ किलो (कोइराले भिर), मछेडीखोला र घाटबेँसी क्षेत्रलाई ‘रेड जोन’ तोकिएको छ ।

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बाढीपहिरोले नागढुङ्गा–मुग्लिङ सडकखण्ड अवरुद्ध भएका वैकल्पिक मार्ग प्रयोग गर्न कार्ययोजनामा सुझाइएको छ । जस अनुसार नागढुङ्गा–नौबिसेखण्ड अवरुद्ध भएमा सीतापाइला–रामकोट–धार्के सडक प्रयोग गर्न आग्रह गरिएको छ । काठमाडौँबाट बाहिरिने साना तथा मझौला सवारीसाधन यो मार्ग हुँदै गल्छीसम्म पुग्न सक्ने छन् ।

त्यसै गरी टोखा–छहरे–त्रिशूली सडकखण्डलाई वैकल्पिक बाटोका रूपमा प्रयोग गर्न सुझाइएको छ । यो बाटो प्रयोग गरेर गल्छी वा मलेखु निस्कन सकिने छ । नौबिसे–गल्छीखण्ड अवरुद्ध भएमा त्रिभुवन राजपथ (पालुङ–दामन मार्ग) प्रयोग गर्न आग्रह गरिएको छ । यो बाटो प्रयोग गरी काठमाडौँबाट नागढुङ्गा–नौबिसे हुँदै पालुङ र दामनको बाटो प्रयोग गरेर हेटौँडा पुग्न सकिन्छ ।

काठमाडौँबाट पूर्व र दक्षिणतर्फ जाने यात्रुका लागि कान्ति लोकपथ वा फर्पिङ–दक्षिणकाली मार्ग अपनाउन कार्ययोजनामा उल्लेख गरिएको छ । काठमाडौँबाट दक्षिणकाली–छैमले–सिस्नेरी–कुलेखानी हुँदै वा काठमाडौँबाट फर्पिङ–हुमाने–फाखेल हुँदै कुलेखानी भएर हेटौँडा पुग्ने मार्ग खुला रहने जनाइएको छ । काठमाडौँबाट बिपी राजमार्ग भएर धुलिखेल हुँदै मुलुकको पूर्वी–दक्षिणी भागको गन्तव्य तय गर्न सकिन्छ ।

मङ्गलबार, असार १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ

  • ५.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ६.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.