• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ५. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ६. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ७. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • १०. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

नयाँ रणनीतिबाट झापाको हात्ती आतङ्क रोकिन्छ : गृहमन्त्री गुरुङ

  •   मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित

झापा, असार २३ गते। गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि कायम रहेको मानव र हात्ती द्वन्द्वको स्थलगत अनुगमन गर्नुभएको छ ।

गृहमन्त्री सुदन गुरुङले सोमबार साँझ हात्तीको मुख्य गौडा (प्रवेश मार्ग) पुग्नु भएको हो । जिल्लाका सुरक्षा निकायका प्रमुखसहित गृहमन्त्री गुरुङ उक्त क्षेत्रमा पुग्नुभएको हो ।

करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरिएको ६५ किलोमिटर लामो विद्युतीय बार र अन्य सुरक्षा उपाय असफल भइरहेका बेला सरकारका तर्फबाट भएको यो उच्चस्तरीय निरीक्षणलाई स्थानीयबासीले निकै चासोका साथ हेरेका छन् ।

निरीक्षणकै क्रममा गृहमन्त्री गुरुङले भारतको पश्चिम बंगालतर्फबाट मेची नदी पार गरी नेपाली भूभागमा प्रवेश गर्न लागेको हात्तीको एउटा ठूलो झुण्डलाई प्रत्यक्ष रूपमा नियाल्नु भएको थियो ।

 

हात्तीको बथान गाउँ पस्न लागेको त्यो डरलाग्दो दृश्य प्रत्यक्ष देखेपछि उहाँले बाहुनडाँगीबासीले वर्षौँदेखि भोग्दै आएको दैनिक सन्त्रास र पीडालाई नजिकबाट महसुस गरेको बताउनु भयो । स्थानीयले पनि यो आफूको दैनिकी अवस्था रहेको भन्दै मन्त्री मन्त्री गुरुङलाई यो अवस्थाबाट पार दिलाइदिन आग्रह गरे ।

पुराना प्रयास असफल, नयाँ अध्ययन गरिने 

मेची किनारको स्थलगत निरीक्षणपछि स्थानीयबासीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले विगतमा भएका सरकारी प्रयासहरू प्रभावकारी हुन नसकेको देखिएको बताउनुभयो । “अहिलेसम्म राज्यका तर्फबाट भएका र गरिएका प्रयास सफल हुन सकेनन्, त्यो आज स्पष्ट देखियो,” उहाँले भन्नुभयो, “पहिला गरिएका कामले पार नपाएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ । सरकार यस समस्याप्रति अत्यन्तै संवेदनशील छ ।”

मन्त्री गुरुङले तत्कालै यस विषयमा नयाँ शिराबाट वैज्ञानिक अध्ययन सुरु गरिने प्रतिबद्धता जनाउनुभयो । हालसम्म करोडौँको लगानीमा निर्माण गरिएका सौर्य ऊर्जा सञ्चालित विद्युतीय बार मर्मतसम्भारको अभावमा जीर्ण बनेको भन्दै उहाँले भत्केका र घाँसले ढाकिएका तारको समेत अवलोकन गर्नुभयो । उहाँले यसको मर्मतसम्भार गरिनुपर्ने भन्दै स्थानीय सरकारका इन्जिनियरको खोजी गर्नुभएको थियो । विगतका कमजोरीलाई सुधार्दै दीर्घकालीन समाधानको खोजी गर्न सरकार लागिपर्ने उहाँको भनाइ थियो ।

टालटुले हिसाबले होइन, दीर्घकालीन समाधानः सांसद निशा डाँगी

गृहमन्त्रीको सो निरीक्षण भ्रमणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतृ एवं झापा क्षेत्र नं. १ की प्रतिनिधि सभा सदस्य निशा डाँगीले दशकौँदेखि बाहुनडाँगीबासीले भोग्दै आएको यो पीडालाई अब टालटुले वा अल्पकालीन हिसाबले नभई ठोस योजनाका साथ हल गर्ने कार्यको सुरुवात भएको बताउनुभएको छ ।

“आज मेरो निर्वाचन क्षेत्र, बाहुनडाँगीको हात्ती प्रभावित क्षेत्रमा माननीय गृहमन्त्रीज्यूले स्थलगत निरीक्षण गर्नुभएको छ र निरीक्षणकै क्रममा सीमापारि भारतीय क्षेत्रमा हात्तीहरू देखिएपछि मन्त्रीज्यू आफैँले मोबाइलमा दृश्य कैद गरी यहाँको वस्तुस्थिति नजिकबाट समेत नियाल्नुभएको छ,” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

प्रतिनिधि सभा सदस्य डाँगीले यस समस्यालाई जरैदेखि उखेल्न अब नेपाल–भारत क्रस–बोर्डर (सीमापार) समन्वय, आधुनिक प्रविधि र ठोस गुरुयोजनासहित दीर्घकालीन रूपमा समाधान गर्न आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

स्थानीयको एउटै स्वर– मेचीमा पक्की बाँध बाँधिदेऊ, हाम्रो ज्यान बचाइदेऊ

गृहमन्त्रीलाई आफ्नै आँगनमा पाएपछि भावुक बनेका बाहुनडाँगीका स्थानीयबासीले आफ्नो ज्यान रक्षा गरिदिन भन्दै हारगुहार गरेका थिए । बिहान–बेलुका नै घरका ढोका बन्द गरेर त्रासमा बस्नुपर्ने, पाकेको बाली जोगिने निश्चित नहुने र गोठका चौपायासमेत सुरक्षित नरहने भन्दै स्थानीयले मन्त्रीसँग आफ्नो पीडा पोखेका थिए । “हामीलाई केही चाहिँदैन, हाम्रो ज्यान बचाइदिनुहोस्,” स्थानीयले भने ।

स्थानीयले मेची नदीको किनारैकिनार बलियो र अग्लो पक्की बाँध निर्माण गर्न माग गरेका छन् । यसलाई नाघेर हात्तीहरू कुनै पनि हालतमा नेपालतर्फ आउन नसक्ने भएकाले सुरक्षित अवस्था सिर्जना हुने उनीहरूको भनाइ छ । यसैगरी सुरक्षाकर्मीलाई विशेष तालिम र अधिकार दिन पनि उनीहरूले आग्रह गरेका छन् ।

हात्ती धपाउन परिचालन गरिने सुरक्षाकर्मीसँग पर्याप्त सीप र साधन नभएको गुनासो स्थानीयको थियो । उनीहरूले सुरक्षाकर्मीलाई विशेष तालिम दिन र हात्तीलाई नियन्त्रणमा लिन प्लास्टिकको गोली प्रहार गर्न पाउने कानुनी अधिकारसहित मैदानमा खटाउन माग गरेका छन् । “हामीलाई अरू केही चाहिन्न, जसरी हुन्छ यी जङ्गली हात्तीहरूबाट हाम्रो ज्यान र जीविकोपार्जन बचाइदिनुस्,” स्थानीय हात्तीपीडितहरूले भनेका थिए ।

६५ किलोमिटर बार र करोडौँको लगानी बालुवामा पानी

नेपाल सरकारको हात्ती संरक्षण कार्ययोजनाअन्तर्गत झापामा ६५ किलोमिटरभन्दा बढी दूरीमा विद्युतीय बार निर्माण गरिएको छ । सन् २०१५ मा सुरुवाती चरणमा १७ किलोमिटर बार लगाउँदा मानव–हात्ती द्वन्द्व र बालीनालीको क्षतिमा ९० प्रतिशतभन्दा बढीले कमी आएको अनुसन्धानले देखाएको थियो । तर, त्यो सफलता दिगो हुन सकेन ।

लाखौँ रुपैयाँ खर्चेर बनाइएको बारको नियमित मर्मत हुन सकेन । कतिपय ठाउँमा तस्करी गर्नेहरूले तार काटिदिए भने चनाखो बनेका हात्तीहरूले बारमाथि रुख ढालेर गाउँ पस्ने नयाँ जुक्ति निकाले । परिणामस्वरूप, पहिले बाहुनडाँगीमा मात्र सीमित रहेको यो आतङ्क अहिले झापाका अन्य पालिकाहरूमा समेत फैलिँदै गएको छ ।

मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ

  • ५.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ६.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.