• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

धमाधम उठ्न थाल्यो उपत्यकाको फोहोर

  •   बुधबार, जेठ २५, २०७९ मा प्रकाशित

जेठ २५ , काठमाडौँ । काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोरको व्यवस्थापन सुरु गरिएको छ । सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रका जनप्रतिनिधिबीच सोमबार भएको त्रिपक्षीय सहमतिसँगै फोहोरको सङ्कलन र व्यवस्थापन सुरु भएको हो । बन्चरेडाँडा ल्यान्डफिल साइट इन्चार्ज सरकार बी श्रेष्ठले मङ्गलबार काठमाडौँबाट १५७ ट्रक फोहोर साइटमा झारिएको जानकारी दिनुभयो ।

फोहोर विसर्जन गर्न दिने सहमति भए पनि स्थानीयवासीले फोहोर ढुवानी कार्यमा अवरोध कायम राखेका छन् । सुरक्षाकर्मी लगाएर फोहोरको ढुवानी र विसर्जन गर्नुपरेको ल्यान्डफिल साइट इन्चार्ज श्रेष्ठले बताउनुभयो । फोहोर लिएर काठमाडौँबाट गएका सवारीलाई धुनीबेँसी नगरपालिका र ककनी गाउँपालिकाका स्थानीयवासीले ल्यान्डफिल साइट जाने सडकमा नै रोकेपछि सुरक्षाकर्मी परिचालन गरेर हटाएको थियो । बन्चरेडाँडा ल्यान्डफिल साइट धादिङ र नुवाकोट जिल्लाको सिमानामा अवस्थित छ ।

स्थानीय समुदायले साइट व्यवस्थापन, स्थानीय पूर्वाधार र सामाजिक जीवन सुधारको माग राखेर विगत १० दिनदेखि फोहोर व्यवस्थापन कार्य रोकेका थिए । ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले स्थानीयवासीको मागलाई सम्बोधन हुनुपर्ने बताउनुभयो । जग्गा अधिग्रहण तथा अस्पताल निर्माण कहिलेदेखि सुरु गरी कहिलेसम्म सम्पन्न गर्नेजस्ता विषय किटान गरेर नै सहमति हुनुपर्ने स्थानीयको माग रहेको उहाँले स्पष्ट पार्नुभयो ।

सोमबारको सहमतिमा जग्गा अधिग्रहणका सम्बन्धमा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन प्राप्त भएपछि प्रक्रिया थालनी गरिने, सोही प्रतिवेदनका आधारमा स्थानीयका लागि दस शøयाको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गरिने, सिसडोलको पोस्ट क्लोजरको प्रक्रिया सुरु गरिने विषय उल्लेख गरिएको छ ।

त्यसैगरी काठमाडौँ महानगरले एक हप्ताभित्र धुनीबेँसी नगरको वडा १, ३ र ४ तथा ककनी गाउँपालिकाको वडा नं. १, २ र ३ प्रभावित क्षेत्रका स्थानीयवासीको स्वास्थ्य बीमा गर्ने, पूर्वाधार विकास अनुदानलाई निरन्तरता दिइनेलगायतका विषयमा सहमति भएको थियो । त्यसैगरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रतिवेदनका आधारमा ल्यान्डफिल साइटको दुर्गन्ध हटाउन दस दिनभित्रमा रासायनिक वा जैविक उपचार विधि अवलम्बन गरिने सहमति भएको थियो ।

यसैबीच नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) वैज्ञानिकसहितको टोली सिसडोलको दुर्गन्ध हटाउने उपायबारे अध्ययन गर्न मङ्गलबार नुवाकोटको सिसडोल ल्यान्डफिल साइटको अवलोकन गरेको छ ।टोलीले सिसडोलबाट निस्किएको लेदो पानी, पानीको स्रोत र ग्यासको परीक्षणका लागि नमुना सङ्कलन गर्नुका साथै फोहोरको दुर्गन्ध हटाउने उपायबारे अध्ययन गरी सोको प्रतिवेदन सरकारलाई बुझाउने छन् ।

बुधबार, जेठ २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.