चितवन । चितवनको खैरहनीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
सोमबार बिहान करिब २ः३० बजे खैरहनी नगरपालिका–१ शाहीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ ख २७२८ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ३०–३५ वर्षीय पुरुषलाई उद्धार गरी उपचारका लागि भरतपुरस्थित सरकारी अस्पताल लगिएको थियो। अस्पताल पुर्याइएका उनको चिकित्सकले बिहान ३ः१५ बजे मृत्यु भएको घोषणा गरेका थिए।
मृतकको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन।
घटनापछि प्रहरीले बस र चालक धादिङको नीलकण्ठ नगरपालिका–१४ निवासी ४४ वर्षीय जितेन्द्रबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया


