काठमाडौं। वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रकाशक–सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले श्रेष्ठलाई बुधबार साँझ ललितपुरको बागडोलबाट नियन्त्रणमा लिएको हो।
कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार श्रेष्ठलाई महिलासम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। उनका अनुसार श्रेष्ठलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
श्रेष्ठ लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन्। उनी जनआस्था साप्ताहिकका प्रकाशक तथा सम्पादकका रूपमा कार्यरत छन्।
तपाईको प्रतिक्रिया


