• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ६. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ७. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ८. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ९. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • १०. ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए

मृत्युपछिको अङ्गदान : एकको अङ्गले बच्छ आठ जनाको ज्यान

  •   बिहिबार, साउन २८, २०८३ मा प्रकाशित

काठमाडौँ, साउन २८ गते । नेपालमा मृत्युपछि हुने अङ्गदान न्यून सङ्ख्यामा मात्र प्रत्यारोपण हुने गरेको छ । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्गदान गर्न सकिने कानुनी व्यवस्था भए पनि हालसम्म नौ जना मृतदाताबाट मात्र २३ वटा अङ्ग प्रत्यारोपण सम्भव भएको छ । तीमध्ये १७ वटा मिर्गौला, पाँच वटा कलेजो र एउटा संयुक्त कलेजो–मिर्गौला प्रत्यारोपण गरिएको छ ।

नेपालमा ब्रेन डेथ भएका व्यक्तिबाट हुने अङ्ग प्रत्यारोपण सुरुवात सन् २०१७ मा मिर्गौला प्रत्यारोपणबाट भएको थियो । त्यसयता सीमित सङ्ख्यामा मस्तिष्क मृत्यु भएका दाताबाट अङ्ग प्रत्यारोपण भइरहेको छ । यसलाई नियमित र व्यापक कार्यक्रमका रूपमा विस्तार गर्न भने चुनौती देखिएको छ । कलेजो तथा मिर्गौला प्रत्यारोपणविज्ञ डा. पुकारचन्द्र श्रेष्ठका अनुसार एक जना मृत अङ्गदाताबाट आठभन्दा बढी बिरामीको जीवन बचाउन सकिन्छ । उहाँले मृत्युपछि अङ्गदान गर्न र प्रत्यारोपण गर्न सके धेरै बिरामीलाई राहत हुने बताउनुभयो । डा. श्रेष्ठले नेपालमा जीवित दाताबाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपण सेवा विस्तार हुँदै आएको जानकारी दिनुभयो ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले नेपालमा प्रत्यारोपण सेवा विस्तार भइरहे पनि मृत्युपछि हुने अङ्गदानलाई अझै प्रभावकारी रूपमा अघि बढाउन नसकिएको जानकारी दिनुभयो । उहाँले दाताको समयमै पहिचान गर्ने, परिवारसँग संवेदनशील संवाद गर्ने र प्राप्त अङ्ग सुरक्षित रूपमा सम्बन्धित बिरामीसम्म पु¥याउने व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । मृत्युपछि हुने अङ्गदानका लागि जनचेतना मात्र पर्याप्त हुँदैन । कार्यकारी निर्देशक डा. श्रेष्ठले सम्भावित दाता पहिचान गर्ने अस्पतालस्तरीय संयन्त्र, सघन उपचार सेवा, दक्ष स्वास्थ्यकर्मी, प्रत्यारोपण समन्वयकर्ता, अङ्ग निकाल्ने तथा सुरक्षित राख्ने प्रविधि, छिटो स्थानान्तरण गर्ने व्यवस्था र राष्ट्रियस्तरको पारदर्शी अङ्ग वितरण प्रणाली आवश्यक हुने बताउनुभयो । नेपालमा अङ्गदान तथा प्रत्यारोपण व्यवस्थित गर्न कानुनी व्यवस्था पनि रहेको छ । मानव शरीरको अङ्ग प्रत्यारोपणसम्बन्धी कानुनमा २०७२ सालमा संशोधन गरी नातेदार दाताको दायरा विस्तार गर्नुका साथै गैरनातेदारबिच अङ्ग साटासाट र मस्तिष्क मृत्युपछि हुने अङ्गदानलाई थप व्यवस्थित गर्ने व्यवस्था गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा विश्वभर करिब एक लाख २७ हजार ७२७ अङ्ग प्रत्यारोपण गरिएको थियो ।

डा. श्रेष्ठले नेपालका लागि मुख्य चुनौती अङ्गदान गर्न इच्छुक मानिसको सङ्ख्या बढाउनु मात्र नभई प्रत्यारोपणमा परिणत गर्न सक्ने बलियो प्रणाली निर्माण गर्नुपर्ने बताउनुभयो । यसैबिच बिहीबार विश्व अङ्गदान दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । प्रत्येक वर्ष अगस्त १३ मा यो दिवस मनाइन्छ । अङ्गदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइने यो दिवस नेपालका लागि मृत्युपछि हुने अङ्गदानलाई प्रोत्साहित गर्ने उद्देश्यले मनाउन लागिएको हो ।

बिहिबार, साउन २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत,

  • ६.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

भर्खरै

  • १.
    सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

  • २.
    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  • ३.
    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  • ४.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • ५.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ६.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ७.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ८.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.