• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ६. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ७. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ८. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ९. ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए

  • १०. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’

  •   बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित

भोजपुर- भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको सप्तधाराको संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ । बजारको प्रमुख आकर्षणका रूपमा रहेको सप्तधारा क्षेत्रको मुहान संरक्षणसँगै ढुङ्गेधारा जडान, विश्रामस्थल, घेराबारा तथा अन्य आवश्यक संरचना निर्माण गरिएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सप्तधारा मुहान संरक्षण तथा मर्मतसम्भार योजनाअन्तर्गत रु १९ लाखको लागतमा संरक्षणको काम सम्पन्न गरिएको कार्यालय प्रमुख आशुतोषकुमार ठाकुरले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुहान संरक्षणका लागि पारदर्शी छानो निर्माण, हस्तकलाबाट निर्मित ढुङ्गेधारा जडान, धाराको भित्तामा ग्रेनाइट लगाउने, विश्रामस्थल निर्माण तथा घेराबारा र पर्खाल निर्माण गरिएको छ । “भोजपुर बजारको ऐतिहासिक सप्तधाराको संरक्षण गरेका छौँ,” प्रमुख ठाकुरले भन्नुभयो, “मुहान संरक्षण र ढुङ्गेधारा जडानसँगै आवश्यक संरचनागत काम सम्पन्न गरेका छौँ ।”

उहाँले आगामी दिनमा टक्सारमा रहेका तीन धाराको संरक्षण गर्ने लक्ष्य रहेको बताउनुभयो । सप्तधाराका दुईवटा मुहानमा रहेका १४ वटा धारामध्ये ११ वटामा काठमाडौँबाट ल्याइएका हस्तकलाबाट निर्मित ढुङ्गेधारा जडान गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विनम श्रेष्ठले जानकारी दिनुभयो । धारासँगै आसपासका क्षेत्रमा आवश्यक संरचना निर्माण गरी क्षेत्रलाई व्यवस्थित बनाइएको उहाँको भनाइ छ ।

बजार क्षेत्रमा आउने स्थानीय तथा बाह्य आगन्तुकलाई स्वच्छ पानी पिउन सहज होस् भन्ने उद्देश्यले संरक्षणको काम गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । “सप्तधारा बजार क्षेत्रको महत्वपूर्ण पहिचान हो,” उहाँले भन्नुभयो, “यसलाई व्यवस्थित बनाएपछि यहाँको आकर्षण थप बढेको छ ।”

सप्तधाराको संरक्षणले ऐतिहासिक महत्व बोकेको पानीको मुहान जोगिनाका साथै बजार क्षेत्रको सौन्दर्यसमेत बढेको उद्योग वाणिज्य सङ्घ भोजपुरका पूर्वअध्यक्ष कर्ण मोक्तानले बताउनुभयो । उहाँका अनुसार सप्तधाराको मुहानकै कारण भोजपुर बजार स्थापना भएको भन्ने स्थानीयको भनाइ छ ।

“सप्तधाराको मुहान भएकै कारण यहाँ बस्ती विकास हुँदै बजार स्थापना भएको भन्ने भनाइ छ,” मोक्तानले भन्नुभयो, “स्थानीय जानकारका अनुसार विसं १९६५ तिर यस क्षेत्रमा बस्ती विस्तार भएको हो ।”

सप्तधाराको अर्को विशेषता कुनै पनि खडेरीमा मुहान नसुक्नु रहेको मोक्तानले बताउनुभयो । बजार क्षेत्रको बीचमा यति ठूलो र निरन्तर पानीको स्रोत देख्दा बाहिरबाट आउने मानिस आश्चर्यमा पर्ने गरेको उहाँको भनाइ छ । ऐतिहासिक तथा प्राकृतिक महत्व बोकेको यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँले बताउनुभयो ।

सप्तधाराले बजार क्षेत्रको खानेपानीको आवश्यकता पूरा गर्नाका साथै सिँचाइका लागिसमेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको भोजपुर नगरपालिका–७ का वडाध्यक्ष जयबहादुर तामाङले बताउनुभयो । वडा कार्यालयले सप्तधारा क्षेत्रको विकास तथा संरक्षणका लागि आवश्यक सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

“सप्तधारा बजार क्षेत्रको सुन्दरताको केन्द्रसमेत हो,” वडाध्यक्ष तामाङले भन्नुभयो, “यसको संरक्षण र विकासमा स्थानीय तहले आवश्यक सहयोग गर्दै आएको छ । आगामी दिनमा यसलाई थप व्यवस्थित बनाउन सकिन्छ ।”

सप्तधारा भोजपुर नगरपालिका–७ र ९ को सिमाना क्षेत्रमा अवस्थित छ । ऐतिहासिक पानीको मुहानका रूपमा रहेको सप्तधारा बजारवासीका लागि पानीको स्रोतसँगै बजारको पहिचान र आकर्षणको केन्द्रका रूपमा रहँदै आएको छ ।

बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत,

  • ६.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

भर्खरै

  • १.
    सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

  • २.
    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  • ३.
    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  • ४.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • ५.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ६.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ७.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ८.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.